१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १३:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङका पत्रकारले बनाए आफ्नै भवनमा १० बेडको आइसोलेसन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

कोरोना महामारीलाई ध्यानमा राख्दै पत्रकार महासंघ बाग्लुङमा आइसोलेसन तयार गरिएको छ । नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाको भवनमा १० बेडको आइसोलेसन तयार गरिएको हो । 

पछिल्ला दिनहरूमा बाग्लुङमा कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्दै गएको र अग्रपंक्तिमा खटिएर समाचार सम्प्रेषण गर्ने पत्रकार सञ्चारकर्मी कुनै पनि वेला संक्रमित हुन सक्ने भएपछि भविष्यमा आइलाग्ने समस्या समाधानका लागि महासंघको सभाहलमा आइसोलेसन निर्माण गरिएको हो । 

पछिल्ला दिनमा कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा धौलागिरि अस्पतालमा रहेको आइसोलेन कक्ष भरिँदै गएका कारण सञ्चारकर्मीहरूलाई आवश्यकता पर्दा प्रयोग गर्ने गरी पत्रकार महासंघमा आइसोलेसन तयार गरिएको पत्रकार महासंघ बाग्लुङका उपाध्यक्ष नवीनशिशिर विकले बताए । 

‘अहिले अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘यही गतिमा कोरोनाको संक्रमण बढ्दै गयो भने कुनै पनि अस्पतालमा बेड नपाइने अवस्था हुन्छ । त्यसैले सञ्चारकर्मीहरूलाई समस्या पर्दा यहाँ राख्न सकियोस् भनेर हामीले आइसोलेसन निर्माण गरेका हौँ ।’ 

आइसोलेसन कक्ष सञ्चालनका लागि धौलागिरि अस्पताल र बाग्लुङ नगरपालिकासँग आवश्यक समन्वय गरिएको छ । आइसोलेन कक्षमा कोरोना संक्रमित पत्रकारलाई उपचारका लागि राखिने र आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा अस्पताल र नगरपालिका स्वास्थ्य शाखाले साथ दिने प्रतिबद्धता जनाएको पत्रकार महासंघका अध्यक्ष नरेश कँडेलले बताए ।

‘बाग्लुङ नगरपालिकाको स्वास्थ्य शाखा र धौलागिरि अस्पतालसँगको समन्वयमा आइसोलेसन सञ्चालन हुनेछ,’ कँडेलले भने, ‘सामान्य अवस्थामा अक्सिजन चाहिने संक्रमितहरूलाई पनि यहीँ अक्सिजन दिएर राख्ने सक्ने गरी व्यवस्थापन मिलाउँदैछौँ । आवश्यक प्राविधिक जनशक्तिका लागि अस्पताल र नगर स्वास्थ्य शाखाले सहयोग गर्नेछ ।’ 

आइसोलनमा वाइफाई, रुचिअनुसारका पुस्तक, म्युजिक तथा भिडियोका लागि मल्टिमिडियाजस्ता प्राविधिक सामग्री जडान गरिएको छ । आइसोलेसन कक्षमा आवश्यक स्यानिटाइजर डिस्पेन्स, डिजिटल बिपिसेट, अक्सिजन नाप्ने उपकरण, पाँच लिटर स्यानिटाइजर, सर्जिकल मास्क गरी करिब २२ हजारबराबरको सामग्री ब्रदर्श सर्जिकल एन्ड डाइग्नोस्टिकका सञ्चालक नीलकण्ठ शर्माले प्रदान गरेका छन् । आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर सत्यतथ्य सूचना प्रवाह गर्न पत्रकार महासंघले आग्रह गरेको छ । महासंघले निषेधाज्ञाको समयमा आइपर्ने कुनै पनि प्रकारको समस्याबारे पत्रकार सञ्चारकर्मीलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।