पश्चिम बंगालको निर्वाचनमा जे देखियो

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

सन् २०१६ मा तीन सिट जितेको भाजपा अहिले राज्यको दोस्रो ठूलो दलका रूपमा उदाउनु सानो उपलब्धि होइन

हालै जुन पाँच राज्य र केन्द्रशासित प्रदेशमा निर्वाचन भयो, तिनमा भाजपाको प्राथमिकता सूचीमा दुई राज्य– पश्चिम बंगाल र असम क्रमशः पहिलो र दोस्रो नम्बरमा थिए । असममा, जहाँ उसका अघिल्तिर आफ्नो सरकार बनाउनुपर्ने चुनौती थियो, त्यहीँ छिमेकी पश्चिम बंगालमा उसले विगत एक वर्षदेखि सरकारको नेतृत्व गरिरहेको तृणमुल कंग्रेसलाई पराजित गरेर सत्ता हात पार्नुपर्ने थियो । विपक्षी गठबन्धनका तर्फबाट दिइएको चुनौतीका कारण असममा उसको सरकार तलबारको धारमा हिँडिरहेको थियो । त्यसैगरी पश्चिम बंगालमा ममता बनर्जीको सरकारका अघिल्तिर ठूलो चुनौतीको र सत्ताको प्रमुख दाबेदार भएर उदाएको थियो । असमको चुनौतीलाई त सरकारले जेनतेन पचायो र आफ्नो बहुमतको सरकार जोगायो । यस्तो गर्दै गर्दा उसले दोस्रोचोटी सरकारमा आउने पहिलो गैरकंग्रेसी सरकारको रेकर्ड कायम गर्यो । तर, यो विजयको खुसीले बंगाल निर्वाचनमा भएको उसको पराजयको दुःखलाई कम गर्न सक्नेछैन । के कुरा पनि स्पष्ट छ भने बंगाल निर्वाचनको परिणामले दूरगामी प्रभाव पार्नेछ । यसपछि सन् २०२४ मा ममताको दल विपक्ष हुन सक्छ ।

ममता बनर्जीको ह्याट्रिकमा भाजपाका धेरै रणनीतिक कमजोरी देखा परे । यसका साथै र्यालीहरूमा दिदी–ओ–दिदी भन्ने खालका नारा भएका पोस्टरले पनि मतदाताको मानसिकतामा प्रतिकूल प्रभाव पारेको हुनुपर्छ ।

भाजपासँग न त त्यहाँ कुनै चर्चित अनुहार भएका नेता थिए, न त बहुमतका लागि आवश्यक बलियो संगठन । यसैकारण उसले झन्डै आधा सिटमा अन्य दलका नेतालाई समर्थन गरेर अघि बढ्नुपर्यो । मत परिणामबाट के स्पष्ट छ भने अधिकांश मतदाताले पार्टी फेरिराख्ने नेताहरूलाई मन पराएनन् । निर्वाचनमा टिकट नपाउने निराश कार्यकर्ताले पनि निर्वाचन अभियानमा खुलेर प्रचार गर्न सकेनन् । यति वेला सबैका अघिल्तिर निर्वाचनको परिणाम छ । ममताको स्तरको कुनै पनि नेता नहुनुको नोक्सान पनि पार्टीले भोग्यो । भाजपाले जुन स्तरमा धार्मिक धु्रवीकरण आरम्भ गरेको थियो, त्यसको परिणाम पनि उसले भोग्नुपरेको छ ।

ममता बनर्जीको ह्याट्रिकमा भाजपाको निकै रणनीतिक कमजोरी देखा परे । यसका साथै र्यालीहरूमा दिदी–ओ–दिदी भन्ने खालका नारा भएका पोस्टरले पनि मतदाताको मानसिकतामा प्रतिकूल प्रभाव पारेको हुनुपर्छ । केन्द्रका तर्फबाट चुनावका वेला सिबिआई, इडी र आयकर जस्तो केन्द्रीय एजेन्सीलाई प्रयोग गर्नुले पनि नकारात्मक प्रभाव परेको छ । त्यसैले आफ्नो पराजयका लागि निर्वाचनमा धाँधली भयो भनेर भाजपाले भन्न सक्दैन । जे होस्, सन् २०१६ मा तीन सिट जितेर अहिले यहाँसम्म पुग्नु र राज्यको दोस्रो ठूलो दलको रूपमा उदाउनु भनेको आफैँमा सानो उपलब्धि होइन । तर, जति वेला लक्ष्य सत्ताको सिंहासन हासिल गर्ने र त्यसका लागि दुई सयभन्दा बढी सिट जित्ने हुन्छ, त्यति वेला यो उपलब्धिले कुनै माने राख्दैन । निर्वाचनको परिणाम आएसँगै स्थानीयस्तरमा केन्द्रीय नेताहरूका खिलाफ असन्तोष देखिन सुरु हुँदै छ । छिमेकी असममा विपक्षी गठबन्धनका तर्फबाट सत्तारुढ भाजपा गठबन्धतलाई ठूलै चुनौती दिइएको छ । त्यहाँ खास गरेर चाणक्य भनिने भाजपा नेता र असम सरकारका अर्थमन्त्री हिमन्त बिस्वा सरमाका कारण पार्टीको अबको यात्रा सजिलो भएको छ । यो उनकै रणनीतिको परिणाम हो कि जुन नेसनल रजिस्टार फर सिटिजन्स (एनआरसी) र नागरिकता कानुन (सिएए) को असममा सबैभन्दा धेरै विरोध भयो, तिनै दुई मुद्दा यहाँ सबैभन्दा धेरै किनारामा परेका छन् ।

आखिरमा असममा भाजपाको यात्रा सहज कसरी भयो ? वास्तवमा राज्यको झन्डै ४५ सिटमा चियाबगानका मजदुरको भोट निर्णायक थियो । परिणामबाट के स्पष्ट हुन्छ भने चियाबगानका मजदुरको समर्थन भाजपालाई गयो । यसका साथै कंग्रेसका बदरुद्दिन अजमलले पार्टीसँग एकता गरेका कारण राज्यमा मतदाताको जबर्जस्त धु्रवीकरण देख्न पाइयो । भाजपाले जसरी छिमेकी मुुलुकबाट हुने घुसपैठलाई आफ्नो प्रमुख एजेन्डा बनाएको थियो र सत्तामा आउनेबित्तिकै लब जिहादको कुरा गरेको थियो, त्यसबाट हिन्दीभाषी मतदातालाई एकजुट गराउन सहयोग मिल्यो । खास गरेर हिन्दूबहुल क्षेत्रमा भाजपाको विजयले यो कुरा सिसाजत्तिकै साफ छ । अर्कोतिर कांग्रेसलाई यसपटक चियाबगानका मजदुरको मत पाइन्छ भन्ने विश्वास थियो, यसैकारण राहुल गान्धी र प्रियंका गान्धीजस्ता नेताहरू बारम्बार चियाबगान गएकागयै थिए । तर, त्यहाँ उनीहरूले केही पनि हात पार्न सकेनन् । अजमल साथ हुनुले पनि विपक्षी गठबन्धनलाई अल्पसंख्यकबहुल क्षेत्रमा सफलता हात लागेको हुनुपर्छ, तर त्यो पर्याप्त थिएन । यही कारण हो कि सत्तामा कंग्रेसले नेतृत्व गर्ने गठबन्धनको सपना पूरा हुन सकेन । यस चुनावमा पार्टीलाई तरुण गोगोईजस्ता नेताको अभाव निकै महसुस भयो ।
(तिवारी भारतका वरिष्ठ पत्रकार हुन्)
हिन्दुस्तानबाट
 
 

सुझावित समाचार