१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित कार्यपालिका सदस्यको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

कोरोना भाइरस (कोभिड– १९) संक्रमणका कारण जिल्लाको ताराखोला गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका– ३ की ३० वर्षीया तेजमाया भण्डारी परियारको मृत्यु भएको हो । ताराखोला गाउँपालिका कार्यपालिका सदस्यसमेत रहेकी भण्डारीको कोरोना संक्रमणपश्चात् उपचारका क्रममा धौलागिरि अस्पताल बाग्लुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड– १९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 

रुघाखोकी र कोरोनाको लक्षण देखिएपछि भण्डारीलाई १८ गएराति ८ बजे धौलागिरि अस्पतालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति अस्पतालको आइसियूमा भर्ना गरिएको अवस्थामा उपचारकै क्रममा ज्यान गएको घिमिरेले बताए । तीन–चार दिन अघिदेखि सामान्य रुघाखोकी लागेपछि स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसनमा बसेकी उनलाई श्वासप्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदीत थापाले बताए । 

‘रुघाखोकी कोरोना लक्षण देखिए पनि घरमै बसेर औषधि खाइरहनुभएको रहेछ,’ थापाले भने, ‘गाउँपालिकाको कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजनको मात्रा जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍याैँ, तर कठिन भएपछि तत्काल धौलागिरि अस्पताल रेफर गरेर पठाएका हौँ ।’ अस्पतालमा आइसियूमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको थापाले बताए । 

भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला– ३ बाट वडा सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् । योसँगै बाग्लुङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । कुल एक हजार तीन सय पाँचजना संक्रमित भइसकेको यस जिल्लामा हाल एक सय ९९ संक्रिय संक्रमित छन् ।