मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १९ आइतबार १९:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानसभा सदस्य खड्काको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १९ आइतबार १९:०६:००

कांग्रेस नेता तथा संविधानसभा सदस्य शिवबहादुर खड्काको निधन भएको छ । खड्काको भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । वि.सं. १९९७ सालमा जन्मिएका खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । 

नेविसंघका संस्थापक सदस्य खड्का तत्कालीन प्रजातान्त्रिक कांग्रेसका केन्द्रीय सदस्य थिए । उनी रामेछाप कांग्रेसको पूर्वसभापतिसमेत हुन् । खड्काको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । 

‘कांग्रेसका नेता एवं मेरा मित्र शिवबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखी र मर्माहत बनाएको छ । स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पु¥याउनुभएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन् । 

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै खड्काको निधनले कांग्रेसले कुशल संगठनकर्ता, इमानदार र निष्ठावान नेता गुमाएको बताएका छन् ।