१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अल्पमतमा परेका शंकर पोखरेलको शपथ रोक्न बहुमत सांसदको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:o१:oo

अल्पमतमा रहेको अवस्थामा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शंकर पोखरेलको शपथ रोक्न बहुमत सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका छन् । ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष बुझाएका गठबन्धनका सांसदहरू धर्नामा बसेका हुन् । 

प्रदेशमा आइतबार मात्रै एमालेका एक सांसदले राजीनामा दिएपछि ८० सांसदमा सीमित प्रदेश सभामा बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ । नवनियुक्त मुख्यमन्त्रीको पक्षमा ३७ सांसद छन् । 

अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनको शपथ रोक्न सांसदहरू धर्नामा बसेका हुन् ।
 

ad
ad