मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format o८:४o:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

अक्सिजन सिलिन्डर र रेम्डेसिभिर खरिद गर्दै प्रदेश २ सरकार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o८:४o:oo

प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचार तथा कोरोना महामारी नियन्त्रणका लागि थप अक्सिजन सिलिन्डर र रेम्डेसिभिर औषधि खरिद गर्ने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएकाले प्रदेशमा रहेका १४ वटै सरकारी अस्पताललाई थप अक्सिजन सिलिन्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट पाँच/पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

संक्रमितका लागि महत्वपूर्ण मानिएको रेम्डेसिभिर एक हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णयसमेत गरेको छ ।

बैठकमा सहभागी सरोकारवाला निकायका प्रमुखहरूले कोरोना महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे आ–आफ्ना धारणा राखेका थिए ।

प्रदेशका आठवटै जिल्लामा पिसिआर मेसिन सञ्चालनमा आइसकेकाले जाँचमा समस्या नरहे पनि उपचारका लागि जनशक्तिको अभाव देखिएपछि थप जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका लागि थप तीन सय स्वास्थ्यकर्मी करारमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।