मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
२०७८ बैशाख १६ बिहीबार ०८:२०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भ्याक्सिन लगाएका व्यक्तिमा समेत किन संक्रमण ?

Read Time : > 1 मिनेट
२०७८ बैशाख १६ बिहीबार ०८:२०:००

संयुक्त राज्य अमेरिकामा रोग रोकथाम र नियन्त्रण केन्द्र (सिडिसी) का अनुसार, खोप लिनेहरू बिरामी हुने सम्भावना कम हुन्छ, संक्रमण भइहालेमा पनि गम्भीर समस्याबाट बचाउन सक्छ । तसर्थ, नेपालमा पनि १९ वर्षभन्दा माथि उमेर समूहमा भेरोसेल कम्पनीको खोप प्रयोगमा आइरहेकाले उपलब्ध भएसम्म खोप लगाउन आवश्यक छ । 

कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेका र एकपटक संक्रमित भइसकेका व्यक्तिमा पनि केही समययता पुनः संक्रमण भएका घटना देखिन थालेका छन् । यस्ता घटनाले भ्याक्सिन लगाइसकेका व्यक्तिमा त्रास पैदा गर्नुको साथै भ्याक्सिन लगाउने योजना बनाइरहेका व्यक्तिमा अन्योल सिर्जना गरेको छ । 

कोरोना (कोभिड– १९) भाइरसका सन्दर्भमा यसअघि भएका अध्ययनहरूले एकपटक संक्रमण भएका व्यक्तिमा कम्तीमा तीन महिना भाइरसविरुद्ध लड्ने एन्टिबडी निर्माण हुने तथ्यहरू सार्वजनिक भएका थिए । यस्तै कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेका व्यक्तिहरू भ्याक्सिनको प्रभावकारिताको आधारमा सुरक्षित हुने अध्ययनहरूले जनाएका थिए । तर, म्युटेन्ट भएर आएका नयाँ भाइरसका कारण संक्रमणको जोखिम सबैमा बढेको छ । खोप लगाइसकेका र एकपटक संक्रमण भइसकेका व्यक्तिहरूसमेत अस्पतालमा भर्ना हुन थालेका कारण सबैले सजगता अपनाउनुपर्ने अवस्था छ । 

खोपको दुवै डोज लिएका केही व्यक्तिमा समेत संक्रमण देखिएका कारण विज्ञहरू सशंकित बनेका छन् । तर, संसारभरि नै यस्ता केही केस देखिएकाले उनीहरूले यसलाई सामान्य मानेका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले यस्ता घटनालाई ‘ब्रेक थ्रु’ इन्फेक्सन भनेको छ । जसको अर्थ भ्याक्सिनले बनाएको प्रतिरक्षालाई तोड्न भाइरस सक्षम भएको भन्ने हुन्छ । भारतको काउन्सिल अफ मेडिकल रिसर्चले प्रकाशित गरेको एक अध्ययनअनुसार, यस्ता केसहरू ०.५ प्रतिशतमा देखिएको छ । अमेरिकामा अन्य केही अध्ययनले पनि भ्याक्सिनपछि पनि संक्रमण हुन सक्ने देखाएका छन् । केही अध्ययनले स्वास्थ्य अवस्थाका आधारमा पनि भ्याक्सिनले प्रभावकारी भूमिका खेल्न नसक्ने हुँदा पुनः संक्रमणको जोखिम भएको जनाएका छन् । 

भ्याक्सिन लगाइसकेपछि पनि संक्रमणका केसहरू अस्पतालसम्म पुग्न थालेकाले अधिकांशमा भ्याक्सिनप्रतिको प्रभावकारितामाथि शंका देखिनु स्वाभाविक हो । तर, यस्ता घटना भइहाले पनि गम्भीर स्वास्थ्य समस्या नभएकाले कोरोनाविरुद्धको खोप लगाउन आवश्यक छ । संसारमा यसअघि विभिन्न रोगहरूविरुद्ध उत्पादन भएर प्रयोगमा आइरहेका खोपहरूले पनि शतप्रतिशत सुरक्षा प्रदान गर्दैन थिए । सामान्य समयभन्दा निकै कम समयमा बनेका कोरोना भाइरविरुद्धका खोपहरूले ९५ प्रतिशतसम्म प्रभावकारी देखिनुलाई विज्ञहरूले ठूलो उपलब्धिका रूपमा लिएका छन् । 

संयुक्त राज्य अमेरिकामा रोग रोकथाम र नियन्त्रण केन्द्र (सिडिसी) का अनुसार, खोप लिनेहरू बिरामी हुने सम्भावना कम हुन्छ, संक्रमण भइहालेमा पनि गम्भीर समस्याबाट बचाउन सक्छ । तसर्थ, नेपालमा पनि १९ वर्षभन्दा माथि उमेर समूहमा भेरोसेल कम्पनीको खोप प्रयोगमा आइरहेकाले उपलब्ध भएसम्म खोप लगाउन आवश्यक छ । 

यस्तै पुनः संक्रमणको दर पनि बढ्दै गएकाले महामारीले विकराल रूप लिनुभन्दा अगाडि नै आममानिसले सचेत हुन आवश्यक छ । काठमाडाैँ, नेपालगन्ज र अन्य केही स्थानमा निषेधाज्ञा जारी गरिएको सहरबाट गाउँ फर्किनेको भिड बढ्न थालेको छ, जसले गाउँघरमा थप संक्रमणको जोखिम बढ्दै गएको छ । यात्रा गर्दा, बाहिर निस्कदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन निकै आवश्यक देखिन्छ ।