१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
कमल खत्री म्याग्दी
Invalid date format १o:१९:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

म्याग्दीमा भवन नहुँदा आइसोलेसन बनेन

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १o:१९:oo

दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिरहँदा म्याग्दीमा संक्रमित बिरामीको उपचारका लागि जनशक्ति र पूर्वाधार अभाव देखिएको छ । गत वर्ष सदरमुकाम बेनीमा सञ्चालन गरिएको २० बेडको आइसोलेसन अहिले भताभुंग छ । बेनी अस्पतालमा सञ्चालन गरिएको ६ बेड क्षमताको आइसियू कक्षसमेत जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । 

पहिले आइसोलेसन कक्ष सञ्चालन गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा अहिले कार्यालय फर्किसकेको छ । त्यसपछि आइसोलेसन कक्षका सामग्री भण्डारण गरेर राखिएको छ । बेनी अस्पतालमातहतमा सञ्चालित सो आइसोलेसनलाई पुनः सुचारु गर्न भवनकै अभाव रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । बेनी नगरपालिकामा रहेको बेनी अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । अस्पतालले अहिले अस्थायी संरचनाबाट आफ्नो सेवा दिइरहेको छ । 

‘सदरमुकाममा आइसोलेसन चलाउने भवन छैन । हामीले बेनी अस्पताल परिसरमा अस्थायी आइसोलेसन सञ्चालन गर्ने गरी भवन निर्माण गरौँ भनेर स्थानीय तहलाई बजेट प्रस्ताव गरेका छौँ,’ अध्यक्ष कटुवालले भने, ‘तर, अहिलेसम्म बजेटको टुंगो लागेको छैन, छुट्टै भवन बनाउन अस्पतालसँग स्रोत पुग्दैन ।’

अस्पताल विकास समितिले २० बेडको आइसोलेसन भवन बनाउन नगरपालिकासँग २० लाख ६६ हजार रुपैयाँ बजेट माग गरेको छ । कोरोना संक्रमित र जटिल अवस्थाका बिरामीलाई लक्षित गरी अस्पतालमै स्थापना गरिएको ६ बेड क्षमताको आइसोलेसन वार्डसमेत नियमित सञ्चालनमा छैन । आइसोलेसनका लागि आवश्यक पर्ने जनशक्ति अभाव हुँदा अहिले अस्पतालले तीन बेडको प्रिआइसोलेसन वार्ड मात्रै छुट्याएको छ ।

जिल्लाका अन्य पाँचवटै गाउँपालिकाले अक्सिजन सेवासहित पाँच–पाँच बेड क्षमताको कोरोना अस्पताल सञ्चालन गरेका छन् । ती अस्पतालमा अक्सिजनको उपलब्धता गराइएको भए पनि भेन्टिलेटरसहितको उपचार गर्न पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिएको छैन ।