१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २४ सोमबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिकार खेल्ने क्रममा साथीको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:४३:oo

मोरङ केराबारी गाउँपालिका– ३ का ३२ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूले जंगलमा सिकार खेल्ने क्रममा चलाएको गोली लागेर आफनै साथीको हत्या भएको खुलेको छ । मोरङ प्रहरीका अनुसार ९ वैशाखमा  जंगलमा सिकार खेल्ने सोही ठाउँका ३७ वर्षीय हस्तबहादुर राईको साथी गजेन्द्रले प्रहार गरेको  भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । 

प्रहरीको अनुसन्धानअनुसार एकै ठाउँका ३२ वर्षीय गजेन्द्र, २६ वर्षीय रुबिन लिम्बू र ३७ वर्षीय हस्तबहादुर ८ वैशाखको साँझ जंगलमा सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा ९ वैशाखमा गजेन्द्र र रुबिनले चलाएको भरुवा बन्दुकको गोली लागेर साथी हस्तबहादुरको मृत्यु भएको थियो । 

घटनामा संलग्न रुबिन र गजेन्द्र दुवैलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा आरोपमा अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान भइरहेका मोरङ प्रहरीले जनाएको छ ।  
 

ad
ad