मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख ८ बुधबार ०६:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अजोड इन्स्योरेन्सद्वारा ८८ करोड ४३ लाख बिमाशुल्क संकलन

Read Time : < 1 मिनेट
२०७८ बैशाख ८ बुधबार ०६:५४:००

अजोड इन्स्योरेन्सले आर्थिक वर्ष ०७६/७७ मा कुल बिमाशुल्क ८८ करोड ४३ लाख १७ हजार संकलन गरेको छ । कम्पनीले उक्त अवधिमा ४ करोड ५६ लाख ३४ हजार खुद नाफा गरेको छ भने बिमाकोषमा ६ करोड २३ लाख ७२ हजार सञ्चित रहेको जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा कुल बिमाशुल्क संकलनमा १ सय १३.१३ प्रतिशत, खुद नाफामा २ सय ४७.३९ प्रतिशत र बिमाकोषमा १ सय ४ प्रतिशत वृद्धि हासिल गरेको कम्पनीको तेस्रो साधारणसभामा जानकारी गराइएको छ ।

कम्पनीले ०७७ फागुन मसान्तसम्म प्रधान कार्यालयलगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरू तथा १० बिमा काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरू पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध चयन गरेको छ । त्यस्तै, स्वतन्त्रविज्ञ सञ्चालक विष्णुप्रसाद नेपालको नियुक्ति साधारणसभाबाट गरिएको छ ।