१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने छोरीज्वाइँ जेल चलान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:१६:oo

ज्येष्ठ नागरिक ८४ वर्षीया शोभा रिजाललाई बेवास्ता गर्ने ज्वाइँ कमलप्रसाद रेग्मीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको आइतबारको आदेशले उनलाई जेल चलान गरिएको हो ।

यसअघि उनकी श्रीमती सुष्मा रिजाल रेग्मी पनि अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएकी थिइन् । प्रहरीका अनुसार उनीहरू दुवैलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ । उनकी श्रीमती सुष्मालाई प्रहरीले गत २३ चैतमा पक्राउ गरेको थियो । सुष्मा शोभाकी सहोदर छोरी हुन् । कमलप्रसाद ज्वाइँ हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले कमलप्रसादलाई पुर्पक्षका लागि जेल चलान गरिएको बताए । उनले भने, ‘छोरी सुष्मालाई यसअघि नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । ज्वाइँ कमलप्रसादलाई पनि आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको अभियोग उनीहरूमाथि छ । यही अभियोगमा उनीहरूलाई जेल चलान गरिएको हो ।’

जेल चलान गरिएका कमलप्रसाद उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् । सुष्मा नेपाल राष्ट्र बैंकको निर्देशक हुन् । ८४ वर्षकी बुढी आमा शोभालाई बेवास्ता गरेपछि प्रहरीले सुष्मालाई पक्राउ गरेको थियो । उनीविरुद्ध आमा शोभाले प्रहरीमा जाहेरी दिएकी थिइन् । 

सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेपछि आमा शोभाले छोरी सुष्माविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि सुष्मालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि जाहेरवाला शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् । मृतक भूपेन्द्र र जाहेरवाला शोभाको माछापुच्छ«े बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम छोरी सुष्माले जालसाझीपूर्वक झिकेकी थिइन् । 

त्यसबाहेक मृतक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका श्रीमान् कमलप्रसादले झुक्याएर झिकेका थिए । जाहेरवाला शोभाको नाममा त्यसबाहेक पनि विभिन्न कम्पनीमा सेयर थियो । त्यो पनि छोरी सुष्मा र ज्वाइँ कमलप्रसादले अनधिकृत झिकेका थिए । 

प्रहरीका अनुसार सुष्माविरुद्ध विशेषगरी ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार मुद्दा चलाइएको छ । ऐनको दफा ४ मा कसैले पनि ज्येष्ठ नागरिकलाई इच्छाविपरीत परिवारबाट अलग राख्न पाइनेछैन भनी उल्लेख छ । सोही दफाको उप दफमा ५ मा ‘ज्येष्ठ नागरिकको चल, अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ । 

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था गरिएको छ । 

ऐनका दफा २६ को उपदफा २ मा भनिएको छ, ‘हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले कुनै काम गर्नु–गराउनुहुँदैन । कसुर गरेको कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ ।’

ad
ad