मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
चन्द्रप्रसाद ढकाल
२०७८ बैशाख ५ आइतबार ०७:४०:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
चन्द्रप्रसाद ढकाल
२०७८ बैशाख ५ आइतबार ०७:४०:००

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

काेभिड– १९ का कारण विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । कोभिडले पुर्‍याएको असरका विषयमा विश्वका विभिन्न संस्थाले प्रक्षेपण पनि गरिरहेका छन् । जोखिमपूर्ण व्यवसाय मानिने पर्यटन क्षेत्रमा विगतका वर्षमा पनि विभिन्न समस्या नआएका होइनन् । नेपालको सन्दर्भमा पनि प्रत्येक १० देखि १५ वर्षको बीचमा पर्यटन क्षेत्रमा विविध समस्या आइरहेका छन् । समय–समय विभिन्न किसिमका घटना आइरहेका छन् । तर, यसबीचमा पर्यटन गतिविधि ठप्प भए पनि पूर्वाधार निर्माण भने रोकिएको छैन । सरकारी होस् वा निजी क्षेत्रले निर्माण गरिरहेका होटेल, विमानस्थल, केबलकार र अन्य पूर्वाधार खडा गर्ने कार्य रोकिएको छैन । 

नेपालको पर्यटन क्षेत्रका पूर्वाधार विमानस्थल, पदमार्ग, होटेल भन्ने बुझाइ छ । तर, नेपालको पर्यटन हिमाल आरोहण, जंगल सफारी, पदयात्रा मात्रै भन्ने सोच र परिभाषा केही वर्षयता भने बदलिएको छ । 

अहिले विमानस्थल, सडकमार्गसँगै पर्यटनको नयाँ पूर्वाधारमा र प्रडक्टका रूपमा केबलकार आएको छ । कुनै पहाडमा केलबकारसहित होटेल र वरपरका बस्ती नै सहरका रूपमा विकास गर्ने मोडलको नयाँ पूर्वाधार खडा हुन थालेको छ । यसको उदाहरणका रूपमा चन्द्रागिरि केबलकारलाई लिन सकिन्छ, जहाँ केबलकार मात्रै छैन । होटेल, रेस्टुरेन्टदेखि अवलोकन गर्न सकिने भ्यु टावरदेखि वरपर साना बस्तीसमेत विकास हुँदै गएको छ । 

नयाँ पर्यटन गन्तव्यको निर्माण गर्ने काम भने चन्द्रागिरि केवलकारबाट सुरु भयो । चन्द्रागिरि अहिले विदेशी पर्यटक मात्रै होइन आन्तरिक पर्यटकको पनि घुमफिरको गन्तव्य भएको छ । काठमाडौंवरपरको सबैभन्दा घुम्नैपर्ने गन्तव्यका रूपमा चन्द्रागिरि विकास भएको छ । अब यस्तो गति काठमाडौंमा मात्रै रोकिँदैन । नवलपरासी र बुटवलमा पनि केबलकार बन्दै छ । विकास भएका क्षेत्रमा मात्रै होइन कर्णाली चिसापानीमा समेत केबलकार तयार हुँदै छ । चन्द्रागिरिको सफलता देखेर नै अहिले अन्य समूह पनि केबलकार निर्माणमा लागेका छन् । यसले पर्यटनको नयाँ पूर्वाधारमा क्रान्ति नै ल्याएको छ । 

नेपालमा निजी क्षेत्रले गन्तव्य बनाउन खासै लगानी गरेको छैन । प्रकृतिले दिएका सगरमाथालगायत हिमाल, ताल तथा वन्यजन्तुबाहेक लगानी तथा सिर्जनशीलताबाट स्थापित भएका वा ‘भ्यालु एड’ भएका त्यस्ता गन्तव्यको खडेरी नेपालमा छ । सबैलाई एकै ठाउँमा आकर्षिक गर्न एउटा गन्तव्यको विकास गर्न खोजिएको छ । 

अहिले विमानस्थल, सडकमार्गसँगै पर्यटनको नयाँ पूर्वाधार र प्रडक्टका रूपमा केबलकार आएको छ । कुनै पहाडमा केलबकारसहित होटेल र वरपरका बस्ती नै सहरका रूपमा विकास गर्ने मोडलको नयाँ पूर्वाधार खडा हुन थालेको छ । 

मनकामना केबलकारले पनि मनकामनामा धेरै पर्यटक लगेको छ । तर, केबलकार नहुँदा पनि मनकामना जाने मानिसको घुइँचो कम थिएन । चन्द्रागिरिमा भने केबलकारले नै मानिसलाई तान्न थालेको हो । पहिलोपटक काठमाडौं आएका र काठमाडौंमै भएकालाई पनि घुम्न जान मिल्ने एउटा रमाइलो गन्तव्य चन्द्रागिरि बनेको छ । 

सबै विदेशी भिभिआइपी चन्द्रागिरि जाने वातावरण बनेको छ । अन्तर्राष्ट्रिय इभेन्ट पनि हुने क्रममा छन् । काठमाडौं आउने हरेक नेपाली पनि चन्द्रागिरि जाने योजना बनाउन थालेका छन् । 

चन्द्रागिरिको सफलतासँगै देशैभर यस्तै परियोजना निर्माण गर्ने योजना बनाइन थालिएको छ । देशका सातै प्रदेश केबलकारसहितका गन्तव्य बनाउने अभियानमा छन् । गैँडाकोट, पोखराको सिकलेस, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको गन्तव्य बनाउने योजना छ । 

कोरोना कहर नभएको भए गैँडाकोटको योजना अहिलेसम्म सुरु भइसक्थ्यो । त्यहाँ सबै प्रक्रिया सकिएर निर्माणमा जाने अन्तिम तयारी भइसकेको छ । त्यस्तै, पोखरा, बुटवलमा प्रारम्भिक प्रक्रिया सकिएको छ । अरू ठाउँमा गन्तव्य छानिइसकेको छ, कागजी काम हुँदै छ । कोरोनाका कारण यी सबै आयोजना लगभग एक–दुई वर्ष पछि धकेलिने अवस्थामा छन् । अबको पाँच वर्षपछि काठमाडौंबाहिर नै आधा दर्जनभन्दा बढी पर्यटकीय गन्तव्य विस्तार गरिन सक्ने योजना रहेको छ । यसरी बन्ने प्रत्येक गन्तव्यमा चन्द्रागिरिको जस्तै पूर्वाधार हुनेछन् । केबलकार, होटेल, रेस्टुराँ, हल तथा अन्य मनोरञ्जन हुने गतिविधि हुनेछन् । योजनाको प्रकृति चन्द्रागिरिजस्तै भए पनि यसमा लगानीको मोडालिटी भने फरक–फरक हुनेछन् । 

गैँडाकोटमा स्थानीय साझेदार छन् । हरेक ठाउँमा यस्तै हुन्छ । यसो हुँदा स्थानीय स्वामित्व र अपनत्व पनि स्थापित हुन्छ । अर्कोतिर प्रतिफल सेयरिङ पनि हुन्छ । यी परियोजनाको विकास गर्न स्थानीय साझेदार पनि इच्छाशक्ति भएको हुनुपर्ने हुन्छ । महँगो परियोजना हुने भएकाले लगानी गर्नेबित्तिकै प्रतिफल र नाफा आउँदैन र यसका लागि दीर्घकालीन योजना आवश्यक पर्छ । काठमाडौंबाहिरका प्रत्येक परियोजनामा एक अर्बभन्दा बढी लगानी हुनेछ ।

प्यराग्लाडिङ, बन्जीजम्प, जिप फ्लाइङदेखि अन्य प्रडक्टले विदेशीलाई मात्रै होइन स्वदेशीलाई समेत त्यस क्षेत्रमा तानेको छ । यो देशभर नयाँ–नयाँ प्रविधिसँगै नयाँ प्रडक्टहरूको विकास हुनु जरुरी छ । यसले पर्यटन क्षेत्रलाई अर्को क्रान्तिमा लैजानेछ । 

अर्थतन्त्र र उद्यमशीलतालाई चलायनमान 
पर्यटनमा हाम्रा पुराना र प्रकृतिले दिएका पूर्वाधार रहने नै छन् । नयाँ मोडलमा गएर पहाडी क्षेत्रमा केबलकारसहितको नयाँ पूर्वाधार खडा गर्दा रोजगारी सिर्जनाको सँगै उद्योगमा नयाँ लगानीसमेत थप्ने अवसर सिर्जना भएको छ । यसबाट लगानीकर्ताले मात्रै फाइदा लिने छैननु, त्यसवरपर साना लगानीका अन्य पूर्वाधारसमेत खडा हुनेछन् । जसबाट प्रत्येक स्थानीयलाई आत्मनिर्भर बनाउनेछ भने रोजगारीको अवसरसमेत सिर्जना गर्नेछ । एउटै र पुरानो सोचलाई बदलेर केवलकार मात्रै होइन विश्वमा आएका नयाँ प्रडक्ट अध्ययन गर्नुपर्ने हुन्छ । सरकारी नीतिले त्यसलाई सहजीकरण गर्दै लैजाने गर्नुपर्छ । त्यसका लागि हिमाली क्षेत्रमा पनि नयाँ प्रडक्टहरूको विकास गर्न सकिन्छ । यसले खर्चालु पर्यटक नेपाल भित्र्याउन सकिन्छ । स्थानीयले समेत स्वामित्व लिने गरी योजना बनाएर अगाडि जान सक्यौँ भने पर्यटन क्षेत्रले नयाँ गति लिनेछ । 

अहिले पोखरा, बाग्लुङ क्षेत्रका साहसिक पर्यटकको गन्तव्य नै बन्दै गएको छ । प्यराग्लाडिङ, बन्जीजम्प, जिप फ्लाइङदेखि अन्य प्रडक्टले विदेशीलाई मात्रै होइन स्वदेशीलाई समेत त्यस क्षेत्रमा तानेको छ । यो देशभर नयाँ–नयाँ प्रविधिसँगै नयाँ प्रडक्टहरूको विकास हुनु जरुरी छ । यसले पर्यटन क्षेत्रलाई अर्को क्रान्तिमा लैजानेछ । 

नीतिगत रूपमा सरकारको सहयोग 
सरकारले अन्य क्षेत्रमा लगानी गर्नेलाई जस्तै पर्यटन पूर्वाधारमा लगानी गर्नेलाई पनि विभिन्न छुट दिन आवश्यक छ । सरकारले ल्याउने नीतिहरू पर्यटन पूर्वाधार विस्तारमैत्री हुनु जरुरी रहेको छ । सरकारले निर्माण गर्नुपर्ने पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्न खोजिरहेका छन् । नेपालको पहिलो पूर्वाधार हो चन्द्रागिरि केवलकार, जहाँ अपांगमैत्री पूर्वाधार छ । यस्ता लगानी तुरुन्तै प्रतिफल आउने खालका छैनन् । यसका लागि सरकारले सहयोग गर्न आवश्यक छ । यो ठाउँमा लगानी गर्नेलाई यति वर्षसम्म कर छुट दिने, यस्ता सामग्रीमा राजस्वमा छुट दिनेलगायत विषय सरकारले सोच्नुपर्ने हुन्छ । यो हुन सकेमा आउने दिनमा सुदूरपश्चिम क्षेत्रमा पनि विकास नभएका डाँडामा लगानीकर्ता जानेछन् । यस कारण पनि सरकार लगानीमैत्री हुन आवश्यक छ ।