कांग्रेस नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् । कांग्रेस पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका हुन् । अब नेपालको राजनीति फरकधारबाट बग्छ भन्ने स्पष्ट संकेत रहेकोसमेत उनले बताए ।
अहिले बहुमत पाएँ भन्दैमा ओलीले जथाभावी गर्न नपाउने सिंहको भनाइ छ । उलने भने ‘ओली सरकारको पतन सुरु भयो । कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको छ । अब यो सरकारको आयु धेरै छैन । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भयो । संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिस्ट लागिपरेका छन् । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकतासमेत हुँदैन ।’
सिंहले १४औँ महाधिवेशनमा समयको मागबमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको पनि बताए । लोकतन्त्र जोगाउन कांग्रेसमा अनुशासित नेतृत्व जरुरी रहेको उनको भनाइ छ । सिंहले पार्टी, विधि र प्रक्रियाबाट सञ्चालन हुन नसकेको पनि बताए ।