मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ बैशाख ४ शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ४ शनिबार o८:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समाचारको विषयलाई लिएर पत्रकार शर्माको घर र कार्यालयमा प्रहरीको खानतलासी

नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ४ शनिबार o८:५१:oo

समाचार प्रकाशन गरेको विषयलाई लिएर प्रहरीले पत्रकार बबिन शर्माको घर र कार्यालयमा खानतलासी गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) का प्रमुख सामन्त गोेयलबीच गोप्य रूपमा सहमति भएको भन्ने विषयमा प्रकाशित समाचारको विषयलाई लिएर शुक्रबार पत्रकार शर्माको घर र कार्यालयमा प्रहरीले खानतलासी लिएको र परिवारलाई समेत धम्की दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘समाचार दैनिक डटकममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ)का प्रमुख सामन्त गोयलबीच चारबुँदे सहमति भएको भनी उज्यालो न्युज नेटवर्कको समाचार साभार गरेको भन्दै प्रहरीले आज (शुक्रबार) बेलुका महासंघका केन्द्रीय सदस्य शर्माको घर खानतलासी गर्दै ‘विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नुप¥यो’ भन्दै परिवारलाई समेत धम्की दिएका थिए,’ विज्ञप्तिमा भनिएको छ ।

समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपालमार्फत निरुपण खोज्नुपर्नेमा त्यसलाई बेवास्ता गर्दै प्रहरीबाट गरिएको खानतलास र धम्कीको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको महासंघको भनाइ छ । महासंघले घटनाको भत्र्सना गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहोर्‍याउन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । 

महासंघले सोही विषयमा प्रकाशित समाचारलाई लिएर शुक्रबार दिउँसो उज्यालो नेटवर्क प्रालिका सम्पादकलगायतलाई समेत पक्राउ गर्ने उद्देश्यले खोजिनिती गरेको भनेरसमेत आपत्ति जनाएको छ ।