
काभ्रेको धुलिखेल नगरपालिका– ४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको भन्दै पशु अधिकारकर्मीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
‘खैरे’ नामको कुकुरको क्रुर हत्याको विरोधमा पशु अधिकारकर्मीहरूले विरोध बुधबार प्रदर्शन गरेका हुन्।उनीहरूले ‘खैरे’ नामको सो कुकुरको बीभत्स हत्याको कडा विरोध गर्दै पशु अधिकारको रक्षा गर्न माग गरेका छन् ।
प्रदर्शनकारीले अपराधीलाई सजायको माग गर्दै पशुलाई घृणा होइन करुणा गर, यहाँ मानव नै दानव, खैरेको न्यायको लागि लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।