मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १ बुधबार १३:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पार्‍यो : कांग्रेस नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १ बुधबार १३:०६:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन्।  नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले  बुधबार चितवनमा  आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै उनले संविधान, लोकतन्त्र र संघीयता जोगाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन्। 

‘देशमा सरकार छ कि छैन भनेर खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनीतिक तरवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाइसके। त्यसैले तत्काल राजीनामा दिनुपर्छ ।’ सिंहले नेपालमा लोकतन्त्र जोगाउन कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने बताए।

‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैँ महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो,’ उनले भने, ‘राणाशासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा कांग्रेसले महत्वपूर्ण भूमिका  खेल्ने गरेको छ ।’

सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सीमित गरेकोे भन्दै  प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको आरोप थियो। लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्नुपर्नेमा अहिले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनले बताए।  पार्टीको १४औँ महाधिवेशशन निर्धारित समयमा गर्नुको विकल्प नभएको उनको भनाइ थियो।