Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३१ मंगलबार ०९:५७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमको स्प्रिङ अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३१ मंगलबार ०९:५७:००

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसर पारेर विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । कम्पनीले चैत ३१ देखि ९० दिनसम्म लागू हुने गरी यसअघिको विन्टर अफरअन्तर्गतका प्याकेजमा थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराएको हो ।

कम्पनीले नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी २ सय ९९ रुपैयाँमा १४ जिबी डाटा उपलब्ध गराउने जनाएको छ । स्प्रिङ अफरअन्तर्गत नै १ सय २५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको जनाइएको छ ।

५ दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानीसमेत गर्न सकिनुका साथै यो अफर २४सै घन्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै, २ घन्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको कम्पनीले जनाएको छ । यो अफरमा २४सै घन्टा कुनै पनि समयमा उपयोग गर्न सकिने जनाइएको छ । 

नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरूका लागि जम्मा २ सय ८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर पनि ल्याइएको कम्पनीले जनाएको छ । यो प्याकअन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिने जनाइएको छ । त्यस्तै, डाटा प्याकअन्तर्गत नै ९५ रुपैयाँमा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध रहेको जनाइएको छ । यो प्याक ७ दिनसम्म २४सै घन्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरू कम्पनीकै अन्य सेवामा रूपान्तरण हुनेक्रम जारी रहेकाले ती सेवाका ग्राहकका लागि विन्टर अफरका रूपमा उपलब्ध विभिन्न अफर र सुविधाहरूमध्ये सीमित अफरहरूलाई मात्र निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।