मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत ३० सोमबार
  • Tuesday, 15 July, 2025
२o७७ चैत ३० सोमबार o८:५३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

थुनुवाको सोचमा परिवर्तन ल्याउन हिरासतमा पुस्तकालय स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ चैत ३० सोमबार o८:५३:oo

प्रहरीले हिरासतमा पुस्तकालय स्थापना गर्ने अभियान थालेको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरूको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान सुरु गरिएको हो ।

हालै स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक संकलन हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।पुस्तकालयका लागि जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८ थान, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले १४ थान, जिल्ला प्रशासन कार्यालय खोटाङले नौ थान, बिन्दु अधिकारी ढकालले तीन थान, प्रहरी निरीक्षक सागर साहले सात थान र प्रहरी सहायक निरीक्षक हरिकुमार पौडेलले दुई थान पुस्तक प्रदान गरेका छन् ।

प्रहरी कार्यालय अगाडि स्थापना गरिएको पुस्तकालयलाई सहयोगस्वरूप गत शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । उनका अनुसार पुस्तकालयका लागि हलेसी खबर डटकमका सञ्चालक एवं सम्पादक हरिबोल आचार्यले पाँच हजार मूल्यबराबरको १९ थान तथा अधिवक्ता ओमप्रकाश घिमिरेले १२ थान पुस्तक प्रदान गरेका छन् ।

प्रहरी कार्यालयमा पुस्तकालय स्थापनाका लागि केन्द्रबाट छुट्टै बजेट त आएको छैन, तर हिरासतमा बसेका थुनुवालाई समय कटाउने व्यवस्था तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नुपर्ने सजायलगायत कानुनी प्रावधानका विषयमा जानकारी दिने उद्देश्यले दाताकै सहयोगमा पुस्तकालय स्थापना अभियान सुरु गरिएको हो 
नारायणप्रसाद चिमरिया प्रहरी नायब उपरीक्षक

पत्रकार आचार्यले द्रौपदी, रक्तबीज, शुक्रनीति, बागीना, चाणक्य नीति, राजीनामा, आदिवासी विद्रोहको इतिहास, नम्रता, भूमिसूक्त, करियालगायतका नयाँ पुस्तक हस्तान्तरण गरेका छन् । यस्तै, अधिवक्ता घिमिरेले सम्बन्धहरू, सेतो धरती, जात र वार्ता, फिरफिरे, पानीको घाम, लीलाबोध, उल्झन, करोडौँको कस्तूरीलगायत विभिन्न विधाका १२ थान पुस्तक प्रहरीलाई हस्तान्तरण गरेका छन् । 

हिरासतमा रहेका थुनुवाले पुस्तक पढेर नयाँ ज्ञान आर्जन गर्नुका साथै आपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत बनून् भनेर प्रहरीले सुरु गरेको अभियानका लागि थोरै भए पनि सहयोग गरेको आचार्यले बताए । ‘शिक्षा अभावकै कारण अधिकांश मानिसले आपराधिक क्रियाकलाप गरेको पाइन्छ’, उनले भने, ‘आपराधिक क्रियाकलापमा संलग्न भएर पक्राउ परेकाहरू पनि हिरासतमा रहेको समयमा पुस्तक अध्ययन गरेर सचेत बनोस् भन्ने उद्देश्यले पुस्तकालयका लागि ज्ञानवद्र्धक पुस्तक सहयोग गरिएको हो ।’