मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ चैत २९ आइतबार १०:१८:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ चैत २९ आइतबार १०:१८:००

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दिएको राजीनामा शनिबार मुख्यमन्त्री शाहीले स्वीकृति गरेका हुन् । 

‘मुख्यमन्त्रीले तीनजना मन्त्रीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले भने । राजीनामा स्वीकृतपश्चात् रिक्त आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन, वन तथा वातावरणको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई दिइएको छ ।

यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री, सामाजिक विकासमन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई दिइएको प्रेस सल्लाहकार बुढाथोकीले जानकारी दिए ।