१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रासस सुदूरपश्चिम
Invalid date format o८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान    

Read Time : < 1 मिनेट
रासस सुदूरपश्चिम
नयाँ पत्रिका सुदूरपश्चिम
Invalid date format o८:५o:oo

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमानाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।  

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमानाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए । 

‘भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो,’ प्रहरी निरीक्षक थापाले भने, ‘बब्लु सिंहसहितका तीनजना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउन्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउन्ड जवाफी फायर गर्नुपर्‍याे ।’  

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।