मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १o:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडा गणनाका क्रममा घाइते भएका कर्मचारीको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२६:oo

घाइते श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते ध्रुवे नामक जंगली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट  एक लाख रुपैयाँ उपचार खर्च प्रदान गरेका छन् ।  

हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर उनले उक्त रकम प्रदान गरेको निजी सचिव रविन ज्ञालनले जानकारी दिए । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले बताए ।  

उनले भने, ‘गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठजी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि  एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।’ सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति निकै खुसी भएका छन् ।  

यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा. दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो ।