मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ चैत १८ बुधबार १७:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशमा माओवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता

Read Time : < 1 मिनेट
२०७७ चैत १८ बुधबार १७:४४:००

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सरकारबाट औपचारिक रूपमा बाहिरिने भएको छ । माओवादीले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारलाई तीन वर्षदेखि गर्दै आएको समर्थन फिर्ता लिने भएसँगै माओवादी केन्द्र औपचारिक रूपमै सरकारबाट बाहिरिएको हो ।

सोमबार काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारविरुद्ध प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग एकता गरेर सशक्त रूपमा प्रतिपक्षीको भूमिका निभाउने निर्णय गरेको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव तत्कालीन रूपमा अगाडि बढ्न सक्ने अवस्था छैन । त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौँ,’ उनले भने । बैठकले तत्कालीन नेकपा एमालेसँगको एकताअगाडिकै संसदीय दलको पदाधिकारीलाई पुनः चयन गरेको छ । बैठकले संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको हो । बागमती प्रदेश सभामा माओवादीको २३ मत रहेको छ ।