१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format ११:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशमा एघार सय क्षयरोगका बिरामी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

गण्डकी प्रदेशमा यस वर्ष एक हजार एक सय २७ क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म सात हजार सात सय ८४ शंकास्पद बिरामीमध्ये एक हजार एक सय २७ मा क्षयरोग पत्ता लागेको हो । गत वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ । 

हालसम्म गण्डकी प्रदेशको सबैभन्दा बढी क्षयरोगीको संख्या कास्कीमा तीन सय ४७ जना रहेका छन् । त्यसैगरी नवलपरासीमा दुई सय ५४, स्याङ्जामा एक सय एक, गोर्खामा एक सय ११, तनहुँमा एक सय ३२, लमजुङमा ४९, बाग्लुङमा ७७ जना, म्याग्दीमा २४ जना, पर्वतमा ३१ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिए । 

बसौलाका अनुसार हिमालपारिको जिल्ला मनाङमा यस वर्ष एकजना रहेका छन भने मुस्ताङमा क्षयरोगका बिरामी शून्य रहेका छन् । गण्डकीमा अघिल्लो आ.व.मा कुल एक हजार नाै सय ४८ क्षयरोगका बिरामी थिए । गत वर्षमा भन्दा यो वर्षको अन्त्यसम्म यही दरमा रहने हो भने क्षयरोगका बिरामी झनै बढ्ने आकलन गरिएको छ । गण्डकी प्रदेशमा यस वर्ष क्षयरोग निको हुने दर ९० प्रतिशत रहेको छ भने मृत्यु हुनेको हालसम्मको संख्या ४६ पुगेको छ । अघिल्लो वर्ष कोरोना प्रकोपका कारण केही पत्ता लाग्ने र उपचार सफल हुने दर घटे पनि यस वर्ष बढ्ने विश्वास लिइएको छ । 

प्रदेश निर्देशनालयले क्षयरोगको उपचारमा र बिरामीहरूको निगरानीका लागि सहज होस् भन्ने उद्देश्यले प्रदेशभरिका ११ जिल्लाका ८५ वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लक्षित गरी  इटिबी मास्टर रजिष्टर र डिएचआइएस टु सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेसँगै हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मोबाइल प्रविधिमार्फत क्षयरोगका बिरामीलाई निगरानी राख्न सकिने उक्त प्रणालीमा व्यवस्था गरिएको छ । प्रविधिको प्रयोग गरी क्षयरोगका बिरामीको सत्यतथ्य तथ्यांक राख्ने र सहज तरिकाले सेवा दिने उद्देश्यले नेपाल सरकारले यो प्रणालीको थालनी गरेको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत दिवाकर शर्माले जानकारी दिए । हालसम्म मुस्ताङ र म्याग्दीबाहेक सबै जिल्लामा यो प्रणालीको तालिम सञ्चालन भइसकेको शर्माले बताए । 

बाग्लुङमा पनि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई इटिबी रजिष्टरसम्बन्धी तालिम सञ्चालन गरिएको छ । क्षयरोगसम्बन्धी थप जनचेतना फैलाउने र बिरामी पत्ता लगाउने दर बढाउनका निम्ति पनि यो तालिमले सार्थकता पाउने स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरेले बताउँछन् । घिमिरेका अनुसार जिल्लामा क्षयरोग पत्ता लगाउने दर विगतका वर्षमा भन्दा बढ्दो क्रममा रहेको छ 
।