१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

से–फोक्सुन्डोमा निःशुल्क वाइफाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२७:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डोल्पाको से–फोक्सुन्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट सेवाको उद्घाटन गरेका छन् । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले निःशुल्क जडान गरेको इन्टरनेट सेवा उद्घाटनका लागि आइतबार मुख्यमन्त्री शाही माउन्टेन एयरको हेलिकोप्टरमा फोक्सुन्डो ताल पुगेका हुन् । 

उनीसँगै कम्पनीका अध्यक्ष दिलीप अग्रवाल, सिइओ केशव नेपाल पनि फोक्सुन्डो पुगेका हुन् । फोक्सुन्डो ताल सुन्दर पर्यटकीय गन्तव्य भएर पनि ओझेलमा परेकाले प्रचार–प्रसार गर्न तालनजिकै निःशुल्क इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ । एक दिनमा निःशुल्क पाँच सय एमबी प्रयोग गर्न सकिने कम्पनीका प्राविधिक उमाकान्त क्षत्रीले जानकारी दिए ।

निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुन्डो घुम्न आउने पर्यटकहरूका लागि सञ्चार सम्पर्कमा रहन सहज हुने भएको छ । साथै, पर्यटकले मनोरञ्जनसमेत लिने अपेक्षा गरिएको निकुञ्जका निमित्त वार्डेन गोपाल खनालले बताए ।

ad
ad