१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ३ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका वीरेन्द्रनगर
२o७७ चैत ३ मंगलबार o९:५१:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

गाडीभाडाको व्यवस्थापछि बादी समुदाय गाउँ फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ चैत ३ मंगलबार o९:५१:oo

गाडीभाडाको बन्दोबस्त भएपछि बादी समुदाय सोमबार घर फर्किएका छन् । दैलेख दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले गाडीभाडाको व्यवस्था गरिदिएपछि बादी समुदाय घर फर्किएका हुन् ।

प्रदेश सरकारसँग सम्झौता भएपछि पनि गाडीभाडा नहुँदा उनीहरू आइतबार घर जान पाएका थिएनन् । गाँस, वास, कपासको माग राखी १७ दिनसम्म कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय परिसरमा १७ दिनसम्म धर्ना दिएपछि शनिबार प्रदेश सरकार र उनीहरूबीच पाँचबुँदे सहमति भएको थियो ।

दुल्लु नगरपालिका प्रमुखले गाडीको व्यवस्था गरेपछि घर फर्किन लागेको प्रेम बादीले बताए । ‘प्रदेश सरकारले समस्या समाधान गर्न पहल गर्छु भनेको छ । त्यही भएर आन्दोलन छोडेर घर फिर्ता हुँदै छौँ,’ उनले भने, ‘दुल्लु नगरपालिकाका प्रमुखले गाडीभाडाको व्यवस्था गरिदिएपछि हामी घर फिर्ता भएका हौँ ।’

बादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गर्ने, १० लाखसम्मको विनाब्याज ऋणको व्यवस्था गर्ने, बादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र तथ्यपरक प्रतिवेदन पेस गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्नेलगायत पाँचबुँदे सहमति भएको छ ।