मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २ सोमबार २१:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली डाक्टरलाई सघाएको आरोपमा अधिवक्तालाई पनि मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २ सोमबार २१:५७:००

नक्कली चिकित्सक जितेन्द्र पन्थीमाथि अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अधिवक्ता उषा थपलियालाई पनि पक्राउ गरेको छ । नक्कली कागजपत्रलाई प्रमााणित गरिदिएकोमा थपलियालाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको हो । 

आफू वीर अस्पतालको चिकित्सक भएको भन्दै अर्घाखाँचीका पन्थीले डा‍. कृष्ण रिजाललाई ठगी गरेका थिए । नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता नम्बरको परीक्षाको आवेदनका लागि उनले आफू चिकित्सक भनेर  डा. जितेन्द्र शर्माको एनएमसी नम्बर प्रयोग गरी सिफारिस गरेका थिए । त्यसैलाई प्रमाणित गरिदिएको आधारमा अधिवक्ता थपलियालाई पनि प्रहरीले पक्राउ गरेको हो । 

नक्कली परिचयपत्र तथा छाप बनाउन सघाउने सञ्जीव महर्जन र ज्ञानबहादुर विकलाई समेत सिआइबीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ । पन्थीले न्युरोलोजी एन्ड हर्ट रिसर्च सेन्टर नामको कम्पनी दर्ता गरेरसमेत ठग्ने प्रयास गरेको अनुसन्धानमा खुलेको छ ।