मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १५ बुधबार
  • Wednesday, 01 December, 2021
डेभिड ओलुसोगा
२०७७ फाल्गुण २६ बुधबार १०:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ह्यारी र मेघनको अन्तर्वार्ताले ल्याएको तरंग

Read Time : > 2 मिनेट
डेभिड ओलुसोगा
२०७७ फाल्गुण २६ बुधबार १०:०२:००

नश्लीय विभेद, संरचनागत जातिवाद, दासता र साम्राज्यवादी समस्याको इमान्दार पहिचानका लागि बेलायत अक्षम छ

सन् २०१८, १९ मेमा भएको ह्यारी–मेघनको विवाह समारोहलाई सम्झिँदा मेरो मष्तिष्कमा लन्डन ओलम्पिक २०१२ को समुद्घाटन समारोह पनि सँगसँगै स्मरणमा आउँछ । यी दुवै समारोहमा बेलायतले विश्वसामु आफूलाई एक आत्मविश्वासी, आधुनिक मुलुकका रूपमा प्रक्षेपित गरेको थियो । बेलायतलाई पुरातन संस्थाले समेत समानुकूल विचार ग्रहण गरेको बहुसांस्कृतिक मुलुकका रूपमा विश्वसामु उभ्याएको थियो । तर, अहिले बेलायतलाई अरूले कसरी हेरेका छन्, बुझ्न विश्वभरका समाचारमा आफूलाई हेरौँ । विश्वभरबाट मेघन र उनको परिवारप्रति प्रकट भइरहेका सहानुभूति र सद्भावसँग हाम्रा ट्याब्लोइड प्रेसद्वारा अझै पनि सम्प्रेषित भइरहेका अवहेलना तथा दूराग्रहलाई पनि दाँजेर हेरौँ ।

रंग तथा नश्लभेदविरुद्धको आन्दोलन ‘ब्ल्याक लाइभ्स म्याटर’ उठेको र नश्लभेदी इडवार्ड कोल्सटनको सालिक ढालिएको समयमा बेलायतमा जातिवाद/नश्लभेद अमेरिकाको समस्या हो, बेलायतको होइन भन्ने जबर्जस्त स्थापित गर्न खोजियो । जर्ज फ्ल्योइडको मृत्युपछि, बेलायती पत्रकार तथा टिप्पणीकारहरूले पत्र–पत्रिका र टेलिभिजनमा अमेरिकामा उठेको उक्त आन्दोलनको बेलायतमा सान्दर्भिकता नकार्नमा भयंकर जोड बल लगाइरहे । पत्रकार इमिली मेटलिसले न्युजनाइटका कवि जर्जसँग भनिन्, ‘तपाईं अमेरिका र बेलायतलाई उही स्थानमा राख्न सक्नुहुन्न ।’

मेघन र उनको परिवारको पक्षमा उभिनुको सट्टा प्रेसलाई उनीहरूलाई खेद्ने अनुमति दिएर हामी दूराग्रही ट्याब्लोइडको पक्षमा उभिएका छौँ  

अहिले ती तमाम अस्वीकारोक्तिका बाबजुद, अमेरिका लगायत विश्वका करोडौँ मानिस बेलायतको नश्ल तथा नश्लभेदको वास्तविक समस्याबारे चर्चा गरिरहेका छन् । शाही परिवारले गर्भको शिशुको रंगलाई लिएर गरेको टिप्पणीलाई विश्वभरका मिडियाले समाचार बनाइरहँदा केही बेलायती मिडिया भने अर्कै परियोजनाप्रति प्रतिबद्ध देखिन्छन् । ठूला संस्थामा काम गर्ने एवं सार्वजनिक छवि भएका अधिकांश अश्वेत आधुनिक बेलायतको जातीय भेदभावविरुद्धको कानुनबारे जानकार छन् । यो कानुनका शब्द सरल र सबैले बुझिने खालका छन् । त्यसले भन्छ– जातीय भेदभावको आरोप लागेको श्वेत व्यक्ति वा संस्था नश्लीय विभेदको सिकार बनेको अश्वेत व्यक्तिभन्दा बढी पीडित हुन्छन् ।

बेलायती कानुनमै श्वेत श्रेष्ठताको पक्षधरता छिपेको छ । यही अवधारणाअन्तर्गत, अन्तर्वार्ता आएको केही घन्टामै नजरबाट बेलायती पत्रकार पियर्स मोर्गानले मेघन र ह्यारीलाई शाही परिवारका हरेकलाई श्वेत श्रेष्ठतावादी भन्नु सफेद झुट भएको आरोप लगाए । तर, यसो भनिरहेका मोर्गानले आफ्नो कार्यक्रममा टिप्पणीका लागि भने फक्स न्युजकी नश्लवादी ठानिएकी प्रस्तोता मेज्ञान केलीलाई निम्त्याएका थिए । जसले मेघनको अन्तर्वार्ताले मुलुकको अहित गर्ने टिप्पणी गरिन् । मेघनलाई ट्याब्लोइडहरूले खेद्नु वा दरबारका अधिकारीहरूले बेवास्ता गर्नुको पछाडि नश्ल वा जात नै कारक रहेको तथ्यलाई अस्वीकार गर्नु बेलायतमा नश्लभेद नभएको दर्साउनु हो । यो अवधारणाले बेलायत युरोपको सबैभन्दा बढी सहिष्णु र सहृदयी मुलुक भएको विश्वास दिलाउन खोज्छ । मेघनलाई सताइनुमा नश्ल वा रंगको भूमिका रहेको नकार्न र बेलायत जातिवादी नरहेको देखाउन डेली मेलका एन्ड्रियु पियर्सचाहिँ मेघनको जातीय पहिचान खोतल्न पुग्छन् । ‘के तपार्इंले उहाँलाई काली आइमाई देख्नुहुन्छ ? म त देख्दिनँ । म उनलाई एकदमै आकर्षक महिला देख्छु’, पियर्स आफ्नो कार्यक्रमको रेडियो–कल–इन सेग्मेन्टमा भन्छन् । उनी मेघनमाथिको दुव्र्यवहारमा जातिवाद कारक रहेको नकार्छन् । 

बेलायतमा जातिवाद रहेको स्वीकार गरिँदा पनि यसलाई संरचनागत सामाजिक समस्याको रूपमा होइन कि एउटा सानो समस्याको रूपमा पहिचान गर्दै अश्वेतहरूले यसलाई सहन गर्न र योसँगै जिउन सिक्नुपर्ने भनियो । जब जातीय, नश्ल वा रंगभेदलाई लिएर कसैले सहयोगको याचना गर्छ त्यसलाई अधिकतर विशेष खातिरदारीको आग्रहका रूपमा गलत ढंगले चित्रण गर्ने गरिएको छ । यो वा यस्तै प्रवृत्ति यो संस्थाभित्र पनि मौजुद देखिन्छ । यो संस्थालाई शाही पत्रकारहरू आदरपूर्वक ‘द प्यालेस’ भनेर सम्बोधन गर्छन् जसलाई मेघन र अरूहरू ‘द फर्म’ अर्थात् संस्था भन्छन् । ‘यी दुई सम्बोधनमा मैले पाएको भिन्नता जातीय तŒव हो’, आफ्नी जीवनसंगिनीले सहेको दुव्र्र्यवहारबारे ह्यारी भन्छन् ।

जसलाई प्रोटोकल र परम्पराका हिमायती देख्नै सक्दैनन् वा चाहँदैनन् । नश्लीय विभेद राजकुमारी डायनाको मृत्यु यता राजसंस्थाले सामना गरिरहेको सबभन्दा गम्भीर संकट भएकोमा कुनै द्विविधा छैन । अझ केहीले त सन् १९३६ मा इडवार्ड तृतीयले राजगद्दी त्याग गरेयताकै गम्भीर संकट भन्छन् । तर, यो समस्या शाही परिवारका लागि मात्रै होइन, बेलायत आफँैका लागि पनि यो संकट हो । मलाई त कतै यसले जात र जातिवादबारे बृहत् राष्ट्रिय बहस छेड्नेभन्दा पनि मेघन र ह्यारीलाई नै थप दानवीकरण गर्ला कि भन्ने पो डर छ । हरेक दिनको नश्लीय विभेद, संरचनागत जातिवाद, दासता र साम्राज्यवादी समस्याको इमान्दार पहिचानका लागि समेत बेलायत अक्षम देखिन्छ । 

 (ओलुसोगा इतिहासविद् हुन्)
गार्डियनबाट