मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
२o८२ असार २८ शनिबार ११:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेवाखोलामा निर्माणाधिन मध्यमेवा जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार ११:१५:oo

 ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माण भइरहेको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाको ८० प्रतिशत निर्माणको काम सकिएको छ। २०७८ साल देखि निर्माण कार्य सुरु भएको आयोजनाको झण्डै चार वर्षको अवधिमा ८० प्रतिशत भौतिक प्रगति भएको हो । आयोजनाको अधिकांश भागको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूमिगत (अन्डरग्राउन) विद्युतगृह निर्माणको काम सम्पन्न भएको छ ।

 ६१.५ मिटर लम्बाई, १५ मिटर चौडाई, २७ मिटर उचाईको उक्त विद्युत गृहनिर्माणको काम सम्पन्न भएको आयोजनाका सिनियर मेनेजर (प्रशासन तथा जनसम्पर्क अधिकृत) सुनिल रेग्मीले बताए ।  निर्माण सुरु भएपछि २०७९ सालमा आएको कोविट–१९ का कारण १३ महिना काम नै ठप्प भयो।अहिले तीव्रस्तरमा काम भइरहेको छ । समग्रमा हालसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाका सिनियर मेनेजर (प्रशासन तथा जनसम्पर्क अधिकृत) रेग्मीले बताए। 

सिनियर मेनेजर रेग्मीले यो विद्युत उत्पादनको लागि मिक्वाखोला गाउँपालिका ४ साँवाको तेम्बा देखि पाँच हजार दुई सय मिटर सुरुङ्मार्ग हुदै मिक्वाखोला ३ को लिवाङ्मा विद्युत्गृहमा आई विद्युत् उत्पादन हुने जानकारी दिए। पाँच हजार दुई सय मिटरको सुरुङमार्गमध्ये अब करिब एक सय मिटर मात्र ब्रेक थ्रु हुन बाँकी रहेको समेत जानकारी रेग्मीले दिए । 

अहिलेसम्म आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, प्रसारण लाइन लगायत काम ८० प्रतिशत सकिएको समेत रेग्मीले बताए । उनले विद्युत् गृहदेखी मैवाखोला १ ढुंगेसाँघुमा रहेको (२२० केवी)सव–स्टेनस १०.७ किलोमिटर सम्म विद्युत् पुर्‍याउन ३५ वटा टावर(पोल) बनाई सकेको र सो पोलमा तार टाँग्ने काम भइरहेको समेत जानकारी दिए । 

सुख्खायाममा दैनिक ६ घन्टा ७३।५ मेगावाट नै विद्युत उत्पादन हुने आंशिक जलाशय (पिकिङ आरओआर) आयोजनाको निर्माण सम्पन्नपछि वार्षिक ४३६.०८ गिगावाट–घन्टा विद्युत उत्पादन हुने बताइएको छ । आयोजनाको कुल लागत आईडीसी समेत गरी करिब १८ अर्ब रहेको छ । आयोजनाबाट उत्पादन हुने विजुलीको प्रतिमेगावाट लागत भने करिव २४ करोड रुपैयाँ रहेको बताइन्छ । आयोजना आगामी निमार्ण सम्पन्न गर्नु पर्ने अवधी भने २०८२ फागुन अर्थात् मार्च २०२६ सम्म रहेको मेनेजर रेग्मीले बताए ।