मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार १३:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दी कांग्रेसका पूर्वसभापतिको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २५ मंगलबार १३:५६:००

म्याग्दी कांग्रेस नेता डा. भूपेन्द्रबहादुर खड्काको उपचारका क्रममा निधन भएको छ । खड्काको काठमाडौंको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मंगलबार बिहान ४ बजे निधन भएको हो ।

म्याग्दीको अर्थुङ्गे– १ मा जन्मिएका खड्का म्याग्दी कांग्रेसका पूर्वसभापति हुन् । उनी ०४८ को आमनिर्वाचनमा म्याग्दी– १ बाट कांग्रेसका तर्फबाट उम्मेदवार थिए । सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘खड्काको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्‍याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगततर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु,’ देउवाले भनेका छन् ।

खड्काको पशुपति आर्यघाटमा मंगलबार अपराह्न दाहसंस्कार गरिएको छ ।