मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२०७७ फाल्गुण २३ आइतबार ०९:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ढुंगाले किचिएर मिडिल तमोरका दुई मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
२०७७ फाल्गुण २३ आइतबार ०९:०२:००

ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मिडिल तमोर जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा शनिबार दिउँसो ढुंगाले किचिएर दुई मजदुरको मृत्यु भएको छ । उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँको मृत्यु भएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार मिक्वाखोला गाउँपालिका– २ को थुम्वाबाट फक्ताङलुङ गाउँपालिका– १ सावादिनतर्फ सुरुङ खन्दै गर्दा खसेको ढुंगाले अमर र सन्तोषलाई किचेको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । सँगै काम गरिरहेका अरू कामदार भने सकुशल रहेको आयोजनाका भूगर्भविद् सूर्य लिम्बूले बताए । 

सम्पर्क अधिकृत गौतमका अनुसार अयोजनाको तीन हजार तीन सय ६७ मिटर लामो सुरुङ निर्माण गर्नुपर्छ । जसमध्ये एक हजार तीन सय ९७ मिटर सुरुङ निर्माण भइसकेको छ । मिक्वाखोलामा आउटलेट र फक्ताङलुङमा हेडबक्स छ । ०७४ मा निर्माण सुरु भएको आयोजना ०७८ मा सक्ने लक्ष्य छ । आयोजना सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माण गर्न लागेको हो ।