Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी अहमदावाद
२०७७ फाल्गुण २२ शनिबार १४:१८:००
Read Time : > 2 मिनेट
खेलकुद

एकै सिरिजमा कोहली दोस्रोपटक शून्य रनमा आउट

Read Time : > 2 मिनेट
एजेन्सी अहमदावाद
२०७७ फाल्गुण २२ शनिबार १४:१८:००

भारतका कप्तान विराट कोहली टेस्ट करिअरमा दोस्रोपटक एकै सिरिजमा दोस्रोपटक शून्य रनमा आउट भएका छन् । भारत र इंग्ल्यान्डबीच अहमदावादमा चलिरहेको चौथो टेस्टको शुक्रबार दोस्रो दिन कप्तान कोहली शून्य रनमा आउट भए । क्रिजमा आठ बलको सामना गरेका कोहलीलाई इंग्लिस बलर वेन स्टोक्सले विकेट किपर वेन फोकसबाट क्याचआउट गराए । दोस्रो टेस्टमा उनलाई मोइन अलीले आउट पारेका थिए । यसअघि सन् २०१४ मा इंग्ल्यान्डविरुद्धकै सिरिजमा उनी दुईपटक विनारन जोडी पेभेलियन फर्केका थिए । त्यसवेला उनलाई लियाम प्लंकेट तथा जेम्स एन्डरसनले आउट पारे । टेस्ट खेलमा स्टोक्सले विराटलाई पाँचपटक क्रिजबाट हटाएका छन् । स्टोक्सले माइकल क्लार्क, फाफ डु प्लेसिस, डिएन एल्गर तथा भारतका चेतेश्वर पुजारालाई चार–चारपटक आउट पारेका छन् । 

कप्तानीका रूपमा फलेमिङ १३ पटक शून्य रनमा आउट
टेस्ट खेलमा कप्तानीका रूपमा न्युजिल्यान्डका स्टेफन फलेमिङ धेरैपटक आउट भएका छन् । न्युजिल्यान्डका पूर्वकप्तान प्mलेमिङ १३ पटक डकआउट भएका छन् । यसैगरी दक्षिण अफ्रिकाका पूर्वकप्तान ग्रेम स्मिथ दोस्रो स्थानमा छन् । उनी १० पटक कप्तानीका रूपमा दशपटक आउट भए । इंग्ल्यान्डका माइकल एथर्टन र दक्षिण अफ्रिकाका ह्यान्सी कोनिए पनि समान आठपटक डक आउट सिकार भए । भारतका कप्तान कोहलीले शुक्रबार पूर्वकप्तान महेन्द्रसिंह धोनीसँग रेकर्ड बराबरी गरेका छन् । टेस्टमा धोनी आठपटक शून्य रनमा पेभेलियन फर्केका छन् । अब यो खराब रेकर्डको बराबरी कोहलीले गरेका छन् । 

चार सय ६९ इंग्लिस ब्याट्सम्यान शून्य रनमा
टेस्ट इतिहासमा इंग्लिस ब्याट्सम्यानमा धेरैपटक शून्य रनमा आउट भएका छन् । इंग्ल्यान्डका चार सय ६९ जना ब्याट्सम्यान एक हजार आठ सय २४ पटक विनाखाता क्रिजबाट हटे । शून्य रनमा आउट हुने इतिहासको सूचीमा अस्ट्रेलिया दोस्रो स्थानमा छ । तथ्यांकअनुसार अस्ट्रेलियाका ३ सय ३१ जना ब्याट्सम्यान एक हजार चार सय ६९ पटक डक आउटको सिकार भए । यसैगरी वेस्टइन्डिजका दुई सय ४६ ब्याट्सम्यान एक हजार एक सय ३१ पटक शून्य रनमै आउट भए । 

भारतको ८७ वर्षको टेस्ट इतिहासमा २ सय ३ जना ब्याट्सम्यान नौ सय ९६ पटक शून्य रनमै आउट भएको तथ्यांक छ । पाँचौँ स्थानमा न्युजिल्यान्ड छ । न्युजिल्यान्डका २ सय १२ ब्याट्सम्यान नौ सय ४८ पटक डक आउट भएका छन् । दक्षिण अफ्रिकाका दुई सय ३२ ब्याट्सम्यान आठ सय २० तथा पाकिस्तानका एक सय ६९ ब्याट्सम्यान आठ सय ९ पटक विनाखाता खोली आउट भए । 

गज्जबको शून्य रनको रेकर्ड
टेस्ट खेलमा ब्याट्सम्यान, बलर, फिल्डिर तथा विकेट किपरले फरक–फरक रेकर्ड बनाएका छन् । कतिपय रेकर्ड गर्विलो हुन्छन् । कति भने खराब प्रदर्शनका कारण पनि रेकर्ड बन्छ । यस्तै रेकर्डमा शून्य रनको पनि छ । खेलाडीका रूपमा शून्य रनमा आउट हुने चर्चा गरिरहँदा वेस्टइन्डिजका बलर कट्नी वाल्सको नाम छुटाउन मिल्दैन । टेस्ट इतिहासमा वाल्स धेरैपटक डक आउट हुने खेलाडीमा पर्छन् । करिअरमा १ सय ८३ इनिङ्स खेलेका वाल्स ४३ पटक विनारन नै आउट भएका छन् ।

इंग्ल्यान्डका स्टुवार्ट बोेड तथा न्युजिल्यान्डका क्रिस मार्टिन समान ३६–३६ पटक डक आउट भए । भारतका इशान्त शर्मा एक सय ३४ इनिङ्समा ३२ पटक शून्य रनमा आउट भए । यसैगरी बलर जाहिर खान एक सय २७ इनिङ्समा २९ पटक खाता नखोली नै क्रिजबाट हटे । 
श्रीलंकाका पूर्वकप्तान मार्भन अट्टापटुले आफ्नो समयमा ब्याटबाट खुबै रन बटुले । मध्यक्रमका जबर्जस्त ब्याट्सम्यान मानिने मार्भन २२ पटक टेस्ट खेलमा शून्य रनमा आउट भएको रेकर्ड छ । १ सय ५६ इनिङ्समा उनले पाँच हजार दुई सय ४८ रन बटुलेका छन् । यसैगरी भारतका पूर्वकप्तान कपिल देव एक सय ८४ इनिङ्समा १६ पटक डक आउट भएको रेकर्ड छ ।