१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:४३:oo

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जसपासँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषयक विचार गोष्ठीमा नेपालले आफूहरू सहकार्यका लागि तयार रहेको बताएका हुन् । 

वर्तमान राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष प्रचण्ड बाधक नबन्ने र जस्तोसुकै विकल्पमा पनि मिलेर जान तयार रहेको नेपालले बताए । प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहन्छु– बैठक बसौँ । सहकार्य गरौँ । खुला रूपमा छलफल गर्न तयार छौँ । कुन ढंगले गर्दा हुन्छ हामी सबै विकल्पको निम्ति तयार छौँ । हामी बाधक होइनौँ । हामी समस्या होइनाँै । हामी समस्या समाधानका निम्ति तयार छौँ । पार्टीहरू नमिलेर उपाय छैन । प्रतिगमनविरुद्ध संघर्षको मैदानमा उभिएका दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । सँगसँगै जान सकिन्छ भन्ने कुराको विगतमा पनि हामीले उदाहरण प्रस्तुत गरेका छौँ, नसकिने कुरा होइन ।’

कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रूपमा नेकपाको विवाद निरुपण गर्नुपर्ने बताए । प्रतिगमनविरुद्धमा अघि बढेका शक्तिहरूबीच सहमति गरेर सरकार गठन गर्नुपर्ने उनको भनाइ । 

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतिका साथ ओलीबाहेकका शक्तिहरू मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए ।

ad
ad