मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण २० बिहीबार
  • Thursday, 10 July, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७७ फाल्गुण २० बिहीबार १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई कर्णालीका प्रमुख सचिवद्वारा दुर्व्यवहार 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ फाल्गुण २० बिहीबार १२:४५:oo

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीको टोलीलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका छन् । नाना, छाना र खानाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका बादी समुदायको अवस्थाबारे बुझ्न आएको आयोग र अधिकारकर्मीको टोलीलाई मुख्य सचिव श्रेष्ठले दुर्व्यवहार गरेका हुन् । 

धर्नामा बसेका बादीका समस्याबारे मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्ना स्वकीय सचिवमार्फत भेटका लागि बोलाएको र आफूहरू पुग्दा  मुख्यमन्त्री शाहीले आफ्नो समय नभएको बताएका थिए । रावलले  प्रमुख सचिव भेट्न भनेकाले आफूहरू प्रमुख सचिवलाई भेट्न गएको  राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख झंकर रावलले बताए ।

 ‘हामीले बादी समुदायका माग र  उनीहरूको अवस्थाको विषयमा प्रमुख सचिवसँग  जानकारी लिन खोज्यौँ,’ उनले भने, ‘मुख्य सचिव श्रेष्ठले बादीका समस्या र उनीहरूको धर्नाको विषयमा जानकारी नभएको जवाफ दिनुभयो । उहाँ गैरजिम्मेवार पूर्ण ढंगले प्रस्तुत हुनुभयो ।’

प्रमुख सचिवको कार्यकक्षमा सामाजिक विकास मन्त्रालयका सचिव लोकथान पौड्यालले जति वेला पनि आयोगले यहाँको अवस्था बुझ्न पाउने अधिकार नभएको भन्दै असइको कमान्डमा प्रहरी बोलाएर आफूहरूलाई बाहिर निकालेको रावलले बताए । उनले भने, ‘आफूहरूलाई बलपूर्वक बाहिर निकालिएको विषयमा आयोगको केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको छु ।’