१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १६ आइतबार
  • Thursday, 03 July, 2025
२o७७ फाल्गुण १६ आइतबार o६:५८:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

मृत्युपछि खाली हात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १६ आइतबार o६:५८:oo

अलेक्जेन्डर महान्लाई धेरैले चिन्छन् । विश्वविजयी बन्ने उनको अभियान र उनको बहादुरीबारे अनेकौँ कथा लेखिएका छन् । सिनेमा बनेका छन् । इतिहासका पानामा उनका गाथा समेटिएका छन् । उनै अलेक्जेन्डरले जीवनको अन्तिम प्रहरमा पुगेपछि एक दिन आफ्ना परिवारका सदस्य र मन्त्रीहरूलाई सभामा बोलाएर भने, ‘मलाई थाहा छ, मान्छे जन्मेपछि मर्नैपर्छ । त्यसैले, मलाई पनि मरुँला कि भन्ने चिन्ता छैन ।

अब मेरो पनि जाने दिन नजिक आइसकेको छ । त्यसैले, म आज तपाईंहरू सबैलाई मेरो एउटा अन्तिम इच्छा पूरा गरिदिन अनुरोध गर्दै छु ।’ अलेक्जेन्डरको कुरा सुनिसकेपछि सबैले एक स्वरमा भने, ‘आज्ञा होस् महाराज, हामी हजुरका सम्पूर्ण इच्छा, चाहना र आदेश शिरोपर गर्न तयार छौँ ।’ 

त्यसपछि बडो शान्त स्वरमा अलेक्जेन्डरले भने, ‘जब मेरो मृत्यु हुनेछ, तब मलाई चिहानमा गाड्दा मेरा दुवै हात बाहिरै देखिने गरी गाडिदिनू ।’ अलेक्जेन्डरको अन्तिम इच्छा सुनिसकेपछि सबै छक्क परे । एकजना मन्त्रीले अघि सरेर प्रश्न गरे, ‘महाराज, हामी हजुरको आदेश पूरा गर्न तयार छौँ । तर, हजुरले किन यस्तो इच्छा राखिबक्स्यो, हामीले केही बुझ्न सकेनौँ ।’ अलेक्जेन्डरले गम्भीर हुँदै भने, ‘मैले जीवनमा खोजेका सबै कुरा हासिल गरेँ । धन, सम्पत्तिको मलाई कुनै कमी भएन, तैपनि मृत्युपछि म पनि खाली हात नै जानुपर्छ । त्यसैले, अलेक्जेन्डर महान् पनि मृत्युपछि खाली हात नै गएका थिए भनेर म संसारलाई देखाउन चाहन्छु ।’