१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ फाल्गुण १४ शुक्रबार ०९:१७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धर्नामा बसेका बादी बिरामी पर्न थाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ फाल्गुण १४ शुक्रबार ०९:१७:००

जग्गा माग गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चौरमा धर्ना बसेका बादी समुदायका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका हुन् । 

बालबालिका र वृद्धवृद्धामा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको संघर्ष समिति दैलेखका अध्यक्ष प्रेम बादीले बताए । ‘दिउँसोको चर्काे घाम र रातिको चिसोका कारण पनि होला रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ अध्यक्ष बादीले नयाँ पत्रिकासँग भने, ‘राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ ।’

बिरामी परेका बादी समुदायका केहीको प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारी दिनुपर्ने माग राख्दै दैलेख र कालिकोटका बादीहरू चार दिनदेखि मुख्यमन्त्री कार्यालयअगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन् । कर्णाली प्रदेश सरकालाई धर्ना दिन दैलेखबाट आएका दुई सय ४० जनामध्ये ७० भन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको हिक्मत बादीले जानकारी दिए ।