Skip This
पोखराको मानवसेवा आश्रमलाई एसबिआई बैंकको सहयोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १० सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १० सोमबार o६:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखराको मानवसेवा आश्रमलाई एसबिआई बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १० सोमबार o६:५९:oo

नेपाल एसबिआई बैंकले पोखराको मानवसेवा आश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोलार वाटर हिटर १० वटा, बंक बेड, मास्क तथा स्यानिटाइजर सहयोगस्वरूप प्रदान गरेको हो । 

उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रूपमा असक्त व्यक्तिहरूको उपचार तथा पुनस्र्थापनामा सहयोग गर्दै आएको जनाइएको छ । मकवानपुरको हेटौँडामा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरूबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । 

भारतीय स्टेट बैंकका इन्टरनेसनल बैंकिङ ग्रुपका उपप्रबन्ध निर्देशक भेन्कट नागेश्वर चरासनी, उपप्रबन्ध निर्देशक तथा समूह अनपालना अधिकृत सोमा शंकरा प्रसाद, भारतीय स्टेट बैंकका तर्फबाट नेपाल एसबिआई बैंकका उपमहाप्रबन्धक बिरन्ची नारायण रथ,  नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे तथा बैंकका सञ्चालकहरूको उपस्थितिमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामानहरू हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।