१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १ शनिबार १९:३२:oo
Read Time : > 2 मिनेट
खेलकुद

उपाधितर्फ एपिएफ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १ शनिबार १९:३२:oo

विभागीय टोली (एपिएफ) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गर्दै एपिएफले आफ्नो उपाधिको सम्भावना बलियो बनाएको हो । 

एपिएफको यो लगातार नवौँ जित हो । एपिएफले अब प्रतियोगितामा बाँकी आफ्नो तीनमध्ये दुई खेलमा जित हात पारेको अवस्थामा सहज रूपमा उपाधि आफ्नो पक्षमा पार्नेछ । दुई खेलमा जित हात पारेको अवस्थामा एपिएफलाई अरू कुनै पनि नतिजाले उपाधिबाट विमुख गर्न सक्नेछैन । 

एपिएफले शनिबारको जितसँगै दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग स्पष्ट पाँच अंकको अग्रता कायम गरेको छ । सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतमा एपिएफले जित निकालेको हो । एपिएफको थप एक गोल प्रीति राईले गरिन् ।

सावित्राले खेलको सातौँ मिनेटमै टोलीलाई १–० ले अघि बढाएकी थिइन् । खेलको १६औँ मिनेटमा दोस्रो गोल गरेकी उनले त्यसको चार मिनेटपछि ह्याट्रिक पूरा गरेकी थिइन् । प्रीति राईले एपिएफको अग्रता ४–० बनाइन् । उनले पहिलो हाफमै अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेकी थिइन् ।

बलियो टोली एपिएफविरुद्ध सीमित मात्रै गोल अवसर सिर्जना गरेको वालिङ फिनिसिङमा चुक्यो । आफूले प्राप्त अवसर सदुपयोग गर्न नसकेको वालिङ एपिएफलाई रोक्न पनि असफल रह्यो । वालिङ विशेष गरी अग्रपंक्तिमा सावित्रालाई रोक्न असफल रह्यो ।

सावित्राले खेलको ६४औँ मिनेटमा व्यक्तिगत चौथो र टोलीको पाँचौँ गोल गरे । सावित्राको प्रहारलाई वालिङकी गोलरक्षक सावित्री किसनले रोकेकी थिइन् । यद्यपि, उनको हातबाट फुत्किएर बल जाली चुम्न पुगेको थियो । खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत पाँचौँ गोल गर्दै टोलीको जित ५–१ ले निश्चित गरेकी हुन् ।

वालिङका प्रशिक्षक दिलीप थापाले एपिएफसँगको पराजयका बाबजुद प्रतियोगितामा तेस्रो स्थानको उद्देश्य अझै सम्भव रहेको बताए । उनले त्यसका लागि बाँकी दुई खेल आफ्ना लागि निकै महŒवपूर्ण रहेको बताए ।  ‘पराजयमा सबैलाई दुःख लाग्छ । तर, एपिएफजस्तो बलियो टोलीसँग खेल्दै थियौँ’, उनले भने, ‘पहिलो र दोस्रो स्थानका लागि हाम्रो सम्भावना छैन भन्दा पनि हुन्छ । तेस्रो स्थानको सम्भावना अझै बाँकी छ । त्यसका लागि बाँकी दुई खेल निक्कै महŒवपूर्ण हुनेछन् । त्यसैले खेलाडीहरूलाई आजको खेलमा जोखिएर खेल्न भनेका थियौँ ।’

एपिएफकी प्रशिक्षक भगवती थापाले सुरुवातमै गोल भएपछि आफ्नो टोलीलाई जित सहज भएको बताए । ‘वालिङका विदेशी खेलाडी राम्रा छन् । उनीहरूकै कारण हामीलाई खेल मुस्किल पनि भयो । उनीहरू छिटो र सशक्त भएका कारण आजको खेलमा हाम्रो गोलरक्षक र रक्षकहरूबीच त्यति तालमेल नमिलेजस्तो पनि देखियो’, उनले भनिन्, ‘त्यसका बाबजुद सुरुवातमै गोल सम्भव भएका कारण हामीलाई जित सहज बन्यो ।’


पार्वतीको दुई गोलमा विराटनगर विजयी
पार्वती घलेको दुई गोलको मद्दतमा विराटनगर महानगरपालिकाले लिगमा चौथो जित हात पारेको छ । विराटनगरले शनिबार भएको दोस्रो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले पराजित गरेको हो ।

विराटनगर खेलमा एक गोलले पछि परेको अवस्थाबाट फर्किएर जित हात पार्न सफल भएको हो । चौदण्डीगढीलाई खेल सुरु भएको सातौँ मिनेटमै मनिता तामाङले १–० ले अघि बढाएकी थिइन् । यद्यपि, खेलको १५औँ मिनेटमै पार्वतीले खेल १–१ को बराबरीमा फर्काइन् । आशा कुमारीले प्रहार गरेको फ्री किकमा पार्वतीले गोल गरेकी हुन् ।

त्यसपछि खेलको ८७औँ मिनेटमा पार्वतीले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित २–१ ले निश्चित गरेकी हुन् । टोलीको पराजयमा चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले गोलरक्षकको कमजोरी औँल्याए । ‘गोलरक्षकको सानो गल्तीले खेलमा ठूलो असर प¥यो’, उनले भने, ‘आज हामीले तीन अंककै लागि खेलेका थियौँ, आफ्नै गल्तीले अंक गुमायौँ ।’

विराटनगरका प्रशिक्षक पारस चौधरीले भने आफ्ना खेलाडीको प्रशंसा गरे । ‘केही प्रहार क्रसबारमा लागेर फर्कनु हाम्रो दुर्भाग्य रह्यो । यद्यपि, खेलाडीहरूले निरन्तर मिहिनेत गरिरहे’, उनले भने, ‘खेलाडीकै मिहिनेतले महŒवपूर्ण जित सम्भव भएको छ ।’ जितका साथ विराटनगर अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ भने चौदण्डीगढीले अहिलेसम्म अंक जोड्न सकेको छैन ।