
माछापुच्छ्रे बैंक लिमिटेडले नेपाली कमर्सियल बैंकिङ इतिहासमा नै बैंकको पहिलो आफ्नै मोबाइल वालेट ‘रेमिट्याप’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालाई ध्यान दिएर डिजिटल बैंकिङ सुविधाहरूलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले आफ्नै मोबाइल वालेट सञ्चालनमा ल्याएको हो ।
बैंकले विशेष गरी डिजिटल बैंकिङमा नयाँ–नयाँ खोज र अनुसन्धान गर्दै नयाँ–नयाँ सेवा र सुविधा आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको जनाएको छ । रोबस्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोबाइल वालेट अत्यन्त सुरक्षित रहेको बैंकको दाबी छ । यो चलाउन एकदमै सहज रहेको बैंकले जनाएको छ ।
रेमिट्यापमा नेपालमा यसअघि कुनै पनि वालेटमा नभएका भर्चुअल कार्ड सिर्जना गरी उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण (केवाइसी) भिडियोमार्फत अपलोड गर्न सकिनेलगायतका नयाँ विशेषता रहेको बैंकले जनाएको छ ।
रेमिट्याप विशेष गरी विदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुने जनाइएको छ । बैंकले हाल १ सय ६० शाखा, १ सय ५६ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउन्टर, १ सय ९७ एटिएम तथा २ हजारभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ ।