१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वसांसद गंगादत्त जोशीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार १६:५८:००

कांग्रेस नेता तथा पूर्वसांसद गंगादत्त जोशीको निधन भएको छ । कञ्चनपुरको महेन्द्रनगरनिवासी ८५ वर्षीय जोशीको हृदयाघातका कारण बुधबार बिहान निधन भएको हो । 

उनी उच्च रक्तचापबाट समेत ग्रसित थिए । कांग्रेस कञ्चनपुरका पूर्वसभापतिसमेत रहेका जोशी राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । 

सभापति शेरबहादुर देउवाले जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति एवं राष्ट्रिय सभाका पूर्वसांसद मेरा मित्र गंगादत्त जोशीको निधनको खबरले निकै मर्माहत र स्तब्ध भएको छु,’ देउवाले भनेका छन्, ‘उहाँले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्वपूर्ण छ, उहाँको निधनले नेपाली कांग्रेसले एक कर्मठ नेता गुमाएको छ ।’ देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्त गरेका छन् ।