Skip This
संयुक्त आन्दोलनले कांग्रेसलाई  घाटा हुन्छ : डा. शशांक कोइराला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संयुक्त आन्दोलनले कांग्रेसलाई  घाटा हुन्छ : डा. शशांक कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

कांगेस पुनर्स्थापना नआए फेरि वाम गठबन्धन : पन्त

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संयुक्त आन्दोलनमा जाँदा कांग्रेसलाई घाटा भएकाले अहिल्यै कसैसँग पनि मिलेर आन्दोलन नगर्ने बताएका छन् । ‘संयुक्त आन्दोलनको कुरा आएको छ, तर त्यसले कांग्रेसलाई घाटा छ, कांग्रेसले अहिल्यै आन्दोलन गर्दा कसैसँग पनि मिल्नुहुँदैन,’ उनले भने । 

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिला साताबाट संयुक्त आन्दोलनको सम्भावना रहेको बताइरहेका वेला कांग्रेस महामन्त्री कोइरालाको पछिल्लो भनाइ आएको हो । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको छैटौँ स्मृति दिवसको सन्दर्भमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले अहिले आफ्नै विचार र अस्तित्वको रक्षाका लागि छुट्टै आन्दोलन गर्नुपर्ने बताए । 

कार्यक्रममा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एउटा कम्युनिस्टलाई जिन्दावाद र अर्कोलाई मुर्दावाद भन्ने अवस्थामा नरहेको बताए । ‘हामी संविधानको रक्षाका निमित्त खडा हुन्छौँ, लोकतन्त्रको पक्षमा खडा हुन्छौँ, तर एउटा कम्युनिस्टको पक्षमा उभिएर अर्कोको विरोधमा मुर्दावाद भन्ने अवस्थामा कांग्रेस पुगेको छैन,’ डा. रिजालले भने । 

नेता रिजालले वर्तमान मन्त्रिपरिषद्लाई चिडियाखाना घोषणा गर्नुपर्ने बताए । गृहमन्त्री रामबहादुर थापाले केही दिनअघि मात्रै मांसाहारी आन्दोलन गर्नेलाई सरकारले चिडियाखानामा थुन्ने अभिव्यक्ति दिएका थिए । ‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैँ मान्छे मार्ने आन्दोलनको कमान्डर हुनुहुन्थ्यो, आज आफ्नै गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ, गृहमन्त्रीजी तपाईं आफैँ चिडियाखानामा जानुस् या मन्त्रिपरिषद्लाई नै चिडियाखाना घोषणा गर्नुस्,’ थापाप्रति कटाक्ष गर्दै रिजालले भने । नेता रिजालले हिजो बिपी कोइरालादेखि सुशील कोइरालासम्मलाई राष्ट्रघाती दलाल घोषणा गर्ने केपी ओली मात्रै नभएर प्रचण्ड, माधव र झलनाथ पनि थिए भनेर कांग्रेसले नबिर्सेको बताए ।

कार्यक्रममा बोल्दै नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले भने– संसद्को पुनस्र्थापना नभए चुनाव हुने अवस्थामा वाम गठबन्धन ब्युँतिने धारणा राखे । उनले कांग्रेस संसद् विघटनविरुद्ध खडा नभए पुनः वाम गठबन्धन ब्युँतिने अवस्था आउन सक्ने चेतावनी दिए । ‘संसद् पुनस्र्थापनाको पक्षमा हो वा निर्वाचनको पक्षमा हो, तत्काल कांग्रेसले निर्णय गरोस्, म कांग्रेस नेतृत्वसँग आग्रह गर्दछु, तर कांग्रेसले चुनावै खोजेको हो भने संसद् विघटनलाई किन असंवैधानिक भनेको हो ? यदि संविधान बचाउने पक्षमा हो भने संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलन गरौँ,’ नेता पन्तले भने, ‘कांग्रेस पुनस्र्थापनामा आएन भने चुनाव हुँदा वाम गठबन्धन ब्युँतिने सम्भावना रहन्छ ।’ उनले संसद् पुनस्र्थापना हुँदा कम्युनिस्ट प्रधानमन्त्री बन्ने सम्भावना नरहेको भन्दै त्यसले कांग्रेसलाई फाइदा हुने पनि सम्झाए । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारलगायत नेताहरूले पनि संसद् विघटन र संविधानमाथिको आक्रमणका विषयमा धारणा राखे । स्व. सुशील कोइराला कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री हुन् । १२औँ महाधिवेशनबाट पार्टीको सभापति बनेका कोइराला ०७० साल माघ २७ गते नेपालको ३७औँ प्रधानमन्त्री बनेका थिए । कोइरालाकै नेतृत्वको सरकार रहेका वेला ०७२ असोज २ गते नेपालको संविधान ०७२ जारी भएको थियो । कोइरालाको ०७२ साल माघ २६ गते राति काठमाडौंको महाराजगन्जस्थित निवासमा निधन भएको थियो ।