मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
जीवन बस्नेत काठमाडाैं
२०७७ माघ २६ सोमबार ११:००:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

दिगो विकास लक्ष्य प्राप्ति गर्न वार्षिक पौने ६ खर्ब अपुग

Read Time : > 4 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७७ माघ २६ सोमबार ११:००:००

सरकारले दिगो विकास लक्ष्यमा मिश्रित प्रगति हासिल गरेको छ । सन् २०१६ देखि २०१९ सम्मका ४ वर्षमा दिगो विकासका १७ वटा मूल्य लक्ष्यमा मिश्रित प्रगति हासिल गरेको आइतबार राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा आयोगले दिगो विकासका लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यक्रम कार्यान्वयन गर्न लगानी अभाव रहेको उल्लेख गरेको छ । लक्ष्य प्राप्त गर्न वार्षिक २० खर्ब २५ अर्ब लगानी गर्नुपर्ने आवश्यकता छ । त्यसमध्ये ५ खर्ब ८५ अर्ब रुपैयाँ कमी भइरहेको प्रतिवेदनमा उल्लेख छ । पुँजीगत खर्च न्यून हुँदा पनि दिगो विकासका लक्ष्य प्राप्तिमा कठिनाइ भइरहेको आयोगको ठहर छ । प्रगति प्रतिवेदनमा सन् २०१९ सम्मको मात्र तथ्यांक समावेश गरिएका कारण कोभिड–१९ को प्रभाव देखाइएको छैन । 

प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले प्रगति अपेक्षाभन्दा तलै रहेको बताए । ‘दिगो विकासका लक्ष्य प्राप्ति गर्न अब तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । दिगो विकास लक्ष्यको प्रगति प्रतिवेदनको संयोजन गरेका आयोगका सदस्य मीनबहादुर शाहीले धेरै सूचक रहेको, तर थोरैको मात्र तथ्यांक उपलब्ध हुँदा समस्या भएको बताए । 

संयुक्त राष्ट्र संघले दिगो विकासका १७ वटा लक्ष्य, १ सय ६९ वटा परिमाणात्मक लक्ष्य र २ सय ३२ वटा सूचक तय गरेको छ । तर, नेपालले विश्वव्यापी सूचकमा २ सय ४७ सूचक थप गरेर ४ सय ७९ सूचक अवलम्बन गरेको छ । धेरै सूचक हुँदा अनुगमन गर्न कठिनाइ भएकाले सूचकलाई पुनरावलोकन गरी प्राथमिकीकरण गर्ने तयारी भइरहेको आयोगका सदस्य मीनबहादुर शाहीले जानकारी दिए । 

कुन लक्ष्यमा कति प्रगति ?

लक्ष्य १ : गरिबी
गरिबीको रेखामुनि रहेको जनसंख्या 
सन् २०१५ मा : २१.६ प्रतिशत
 सन् २०१९ को लक्ष्य : १७.१ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : १६.७ प्रतिशत 
सन् २०३० सम्मको लक्ष्य : ४.९ प्रतिशत
दैनिक आम्दानी १ दशमलव ९० अमेरिकी डलरभन्दा न्यून हुने गरिब 
सन् २०१५ मा : ३६ प्रतिशत
सन् २०१९ को लक्ष्य : २८.५ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : १५ प्रतिशत
 सन् २०३० सम्मको लक्ष्य : ८ प्रतिशत
बहुआयामिक गरिबी 
सन् २०१५ अवस्था : ४४.२ प्रतिशत
सन् २०१९ मा घटाउने लक्ष्य : ३५.१ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : २८.६ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : १० प्रतिशत
लक्ष्य २ : भोकमरी, कुपोषणको अन्त्य
प्रतिव्यक्ति खाद्यान्न उत्पादन
सन् २०१५ मा : ३२० केजी
 सन् २०१९ को लक्ष्य : ३७६ केजी 
सन् २०१९ सम्मको प्रगति : ३७६ केजी
सन् २०३० सम्मको लक्ष्य : ५३० केजी 
विश्वव्यापी खाद्य सुरक्षा सूचकांक
सन् २०१५ मा : ४२.८
सन् २०१९ को लक्ष्य : ५७
सन् २०१९ सम्मको प्रगति : ४६
सन् २०३० सम्मको लक्ष्य : ९०
पाँच वर्षमुनिका कम तौल हुने बच्चाहरू 
 सन् २०१५ मा : ३०.१ प्रतिशत
 सन् २०१९ को लक्ष्य : २० प्रतिशत
 सन् २०१९ सम्मको प्रगति : २४.३ प्रतिशत
 सन् २०३० सम्मको लक्ष्य : ९ प्रतिशत
लक्ष्य ३ : स्वस्थ र समृद्ध जीवन 
मातृ मृत्युदर (प्रतिलाखमा) 
सन् २०१५ मा : २५८ जना
सन् २०१९ को लक्ष्य : १२५ जना 
सन् २०१९ सम्मको प्रगति : २३९ जना 
सन् २०३० सम्मको लक्ष्य : ७० जना
पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजारमा)
सन् २०१५ मा : ३८ जना
सन् २०१९ को लक्ष्य : २८ जना
सन् २०१९ सम्मको प्रगति : २८ जना
सन् २०३० सम्मको लक्ष्य : २० जना 
नवजात शिशु मृत्युदर (हजारमा)
सन् २०१५ मा : २३ जना
सन् २०१९ को लक्ष्य : १८ जना
सन् २०१९ सम्मको प्रगति : १६ जना
सन् २०३० सम्मको लक्ष्य : १२ जना 
लक्ष्य ४: गुणस्तरीय शिक्षा
प्राथमिक तहको खुद भर्ना दर
सन् २०१५ मा : ९६.६ प्रतिशत
सन् २०१९ को लक्ष्य : ९८.५ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ९७.२ प्रतिशत
 सन् २०३० सम्मको लक्ष्य : ९९.५ प्रतिशत
१५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर 
 सन् २०१५ मा : ८८.६ प्रतिशत
सन् २०१९ को लक्ष्य : ९१.४ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ९२ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ९९ प्रतिशत
लक्ष्य ५ : लैंगिक समानता
राष्ट्रिय संसद्मा महिलाको प्रतिशत
 सन् २०१५ मा : २९.५ प्रतिशत
सन् २०१९ को लक्ष्य : ३३ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ३३.५ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ४० प्रतिशत

निजी क्षेत्रको निर्णायक तहमा महिला सहभागिता
सन् २०१५ मा : २५ प्रतिशत
सन् २०१९ को लक्ष्य : ३०.३ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : २९.६ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ४५ प्रतिशत

महिलाको सम्पत्तिमाथिको स्वामित्व 
सन् २०१५ मा : २६ प्रतिशत
सन् २०१९ को लक्ष्य : २९ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ३३ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ४० प्रतिशत
लक्ष्य ६ : खानेपानी र सरसफाइ 
पाइपबाट वितरण पानीमा पहुँच भएका परिवार
सन् २०१५ मा : ४९.५ प्रतिशत
सन् २०१९ को लक्ष्य : ६०.३ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ४९.६ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ९० प्रतिशत
आधारभूत खानेपानी सेवामा पहुँच
सन् २०१५ मा : ८७ प्रतिशत
 सन् २०१९ को लक्ष्य : ९०.२ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ८८ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ९९ प्रतिशत
लक्ष्य ७ : स्वच्छ ऊर्जा 
विद्युत्मा पहुँच भएका जनसंख्याको अनुपात
सन् २०१५ मा : ७४ प्रतिशत
सन् २०१९ को लक्ष्य : ८०.७ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ८८ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ९९ प्रतिशत
लक्ष्य ८ : मर्यादित काम, आर्थिक वृद्धि
प्रतिव्यक्ति वास्तविक जिडिपी वार्षिक वृद्धिदर
सन् २०१५ मा : २.३ प्रतिशत
सन् २०१९ को लक्ष्य : ३.६ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ५.६ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ७ प्रतिशत
बेरोजगारी दर (१५–५९ वर्ष) 
सन् २०१५ मा : २७.८ प्रतिशत
सन् २०१९ को लक्ष्य : २३.१ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : १९.६ प्रतिशत
 सन् २०३० सम्मको लक्ष्य : १० प्रतिशत
लक्ष्य ९: उद्योग प्रवद्र्धन र पूर्वाधार 
जिडिपीमा उद्योग क्षेत्रको हिस्सा
सन् २०१५ मा : १५ प्रतिशत
सन् २०१९ को लक्ष्य : १७.७ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : १४.४७ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : २५ प्रतिशत
लक्ष्य १० : असमानता घटाउने
कुल उपभोगमा तल्लो ४० प्रतिशत जनसंख्याको हिस्सा
सन् २०१५ मा : १८.७ प्रतिशत
सन् २०१९ को लक्ष्य : १७.४ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : २५.७ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : २३.४ प्रतिशत
कुल आयमा तल्लो ४० प्रतिशत  जनसंख्याको हिस्सा
सन् २०१५ मा : ११.९ प्रतिशत
सन् २०१९ को लक्ष्य : १३.१ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : २०.४ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : १८ प्रतिशत
व्यवसाय गर्ने सूचकांक
सन् २०१५ मा : १०५
सन् २०१९ को लक्ष्य : ९५ प्रतिशत
 सन् २०१९ सम्मको प्रगति : ९४ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ६० प्रतिशत
लक्ष्य ११ : सहरहरू तथा समुदाय
खर–पराल–पातले छाएको परिवार एकाइ
सन् २०१५ मा : १९ प्रतिशत
सन् २०१९ को लक्ष्य : १५.३ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ९.१ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ५ प्रतिशत
सुरक्षित घरमा बसोवास गर्ने परिवार
सन् २०१५ मा : २९.८ प्रतिशत
सन् २०१९ को लक्ष्य : ३७.८ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ४० प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ६० प्रतिशत
लक्ष्य १२ : उपभोग र उत्पादन
खेती गरिएको जमिनमा अन्नबालीको प्रतिशत
सन् २०१५ मा : ८० प्रतिशत
सन् २०१९ को लक्ष्य : ७८.७ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ७६.३ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ७५ प्रतिशत
लक्ष्य १३ : जलवायु परिवर्तन
पालिकाहरूमा अनुकूलन योजना संख्या
सन् २०१५ मा : ४ प्रतिशत
सन् २०१९ को लक्ष्य : ३६ वटा
सन् २०१९ सम्मको प्रगति : ६८ वटा 
 सन् २०३० सम्मको लक्ष्य : १२० वटा
समुदाय तहमा अनुकूलन योजना
सन् २०१५ मा : ३१ वटा
सन् २०१९ को लक्ष्य : २३१ वटा
सन् २०१९ सम्मको प्रगति : ३४२ वटा
सन् २०३० सम्मको लक्ष्य : ७५० वटा
लक्ष्य १४ : जमिनमाथिको जीवन 
समुदायमा आधारित व्यवस्थापनमा रहेको वन
सन् २०१५ मा : ३९ प्रतिशत
सन् २०१९ को लक्ष्य : ३९.८ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : ४२.७ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ४२ प्रतिशत
संरक्षित क्षेत्र
सन् २०१५ मा : २३.२ प्रतिशत
सन् २०१९ को लक्ष्य : २३.३ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : २३.४ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : २३.३ प्रतिशत
लक्ष्य १५ : शान्ति, न्याय तथा सबल संस्था
बेचबिखनमा परेका बालबालिकाको वार्षिक संख्या 
सन् २०१५ मा : ६४ जना
सन् २०१९ को लक्ष्य : ४७ जना
सन् २०१९ सम्मको प्रगति : २३ जना
सन् २०३० सम्मको लक्ष्य : शुन्य
लक्ष्य १६ :लक्ष्यमा साझेदारी 
जिडिपीमा कुल सरकारी राजस्व 
सन् २०१५ मा : १९.१ प्रतिशत
सन् २०१९ को लक्ष्य : २२ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : २४.८ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ३० प्रतिशत 
जिडिपीमा विप्रेषणको आकार (अमेरिकन डलर)
सन् २०१५ मा : २९.१ प्रतिशत
सन् २०१९ को लक्ष्य : ३०.७ प्रतिशत
सन् २०१९ सम्मको प्रगति : २५.४ प्रतिशत
सन् २०३० सम्मको लक्ष्य : ३५ प्रतिशत