१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरीमा सहिदको सालिक तोडिएको अवस्थामा फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४o:oo

महोत्तरीमा सहिदको सालिक तोडिएको अवस्थामा फेला परेको छ । जलेश्वर नगरपालिका– ९ प्रकौली चोकस्थित गोलम्बरमा राखिएको सहिद वीरेन्द्र विच्छा र राजेश ठाकुरको सालिक गोलम्बरभन्दा करिब सय मिटर पूर्व जानकी परीक्षण माविको पछाडि रहेको पोखरीमा फेला परेको हो । दुवै सालिकको टाउको तोडिएको अवस्थामा भेटिएको वडाध्यक्ष रविन्द्र यादवले वताए । 

सालिक तोडिएको घटना संवेदनशील भएको भन्दै प्रहरीसमेत अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीले बताए । उनले सालिक तोडिएको घटनामा अनुसन्धान भइरहेको र दोषी पत्ता लाग्ने बताएका छन । 

यता जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले सहिदको सालिक तोडिनु दुखद भएको भन्दै सालिक तोड्नेलाई कडा कारबाही  गर्न माग गरेका छन् । उनले सहिदप्रति सबै राजनीतिक दलको सम्मान हुने गरेकोले यसमा कुनै राजनीतिक दलको संलग्नता हुन नसक्ने बताउँदै यसको सूक्ष्म अनुसन्धानका लागि आफूले प्रहरीलाई आग्रह गरेको बताएका छन् ।

उनले हालसम्म राजनीतिक दल वा व्यक्ति कसले यस्तो कार्य गरेको हो भन्ने नखुलेकोले स्थानीयहरूलाई आक्रोशित नहुन आग्रहसमेत गरेका छन् । 
 

ad
ad