१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १२ सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक स्थायित्वको पक्षमा २३ माघको जनसभा :  ईश्वर पोखरेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १२ सोमबार १६:०९:००

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य  ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् । ओलीपक्षीय बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौंमा हुने जनसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्धमा आयोजना गरिएको बताए । 

संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्न जनसभा आयोजना गरिएको उनले बताए । पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २८ कात्तिकमा अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने बताए । 

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानुनी रूपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको पनि बताए । आफूहरूले पार्टीबाट कसैलाई निष्कासन नगरेको भन्दै उनले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए । आयोगको निर्णयले ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाइ छ ।