सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार ३१ बुधबार
  • Wednesday, 15 July, 2020
किरण खतिवडा, निर्देशक/अभिनेता
२०७५ श्रावण १० बिहीबार २०:५४:००
सप्तरंग

सन्थाली भाषाको ‘बोनोदल’ देखि हिन्दी फिल्मसम्म

२०७५ श्रावण १० बिहीबार २०:५४:००

चलचित्र क्षेत्रमा कोही रहरले आउँछन् त कोही केहि गरौं भन्ने उद्देश्यले । कसैलाई साँच्चै केही गरौ भन्ने हुन्छ । जसले हरपल, हरक्षण चलचित्रको विषय मात्र सोच्छ । यस क्षेत्रमा केही गरौं भन्ने मध्येका एक हुन् किरण खतिवडा । झापाका खतिवडा चलचित्र क्षेत्रलाई फरक धारमा लैजानुपर्ने मान्यताका चलचित्रकर्मी हुन् । कामको हिसाबले थोरै गरे पनि अर्थपूर्ण गरेका छन् ।

चलचित्रलाई माया भन्दा पनि सम्मान गर्नुपर्ने मान्यता राख्ने खतिवडाले ०६२ मा १९ वर्षकै उमेरमा चलचित्र ‘जन्मदिन’मा डेब्यू नायकको भूमिका निभाए । उमेर घुम्ने, पढ्ने र रमाउने थियो । तर घरपरिवारको लाख बाधाअवरोधका बाबजुद पनि उनी त्यसबेला यो क्षेत्रमा लागे । लगत्तै ०६३ मा राजवंशी भाषाको चलाचित्र पनि बनाए । केही म्युजिक भिडियो पनि गरे ।

सानैदेखि कलाकार बन्ने सपना देखेका खतिवडाको जीवनमा चलचित्र यात्रा सहज थिएन । उनका स्वभाव र आचरण अलि भिन्न थियो । सामान्य काममा चासो नदिने खतिवडाले अलि जोखिम मोल्नेखालका काम नै रुचाए । उनीमेहनतमा बढी विश्वास गर्छन् । अरुको नियन्त्रणमा रहन मन पराउँदैनन् । अलि जोखिम मोल्न रुचाउने खतिवडा सानै सानै देखि मालिक बन्ने चाहाना देखेको बताउँछन् । ‘सबैथोक गर्न मलाई नै आओस जस्तो लाग्थ्यो ।’ उनी भन्छन्, ‘आफ्नै मेहनतले कुनै ठुलो कम्पनी खोलु, मैले गर्न नसक्ने केही नहोस जस्तो लाग्थ्यो ।’ यतीबेला उनमा सीप र कला मनग्यै छ चन्दा फरक नपर्ला । लेखन, निर्देशन, अभिनय, सम्पादन आदी कुनै काम बाँकी राख्दैनन् ।

पढ्ने समयमा उनले आफैले चलचित्रको कथा लेखे, बनाए, निर्देशन गरे । ‘सबैले कराउनुहुन्थ्यो ।’ उनी सम्झन्छन्, ‘सबैको गालीलाई म प्रेरणाका रुपमा लिन्थे, अहिले पनि लिन्छु ।’ किशोरावस्था पार गर्नैलाग्दा चलचित्र बनाउनु आफैमा चुनौतिको विषय थियो ।

जन्मदिन र राजवंशी भाषाको चलचित्र पछिको समय अझ कठिन बन्यो उनका लागि । यही क्षेत्रमा निरन्तरता दिन खोजेका खतिवडाको समयले अर्कै मोड लियो । ‘गर्न त धेरै मन थियो । तर खै किन हो मैले यो क्षेत्रमा केही गर्न खोज्दा कसैको साथ पाइन ।’ उनले सम्झे, ‘अझ परिवारको साथ पनि नपाउँदा मन खिन्न हुन्थ्यो ।’

अन्ततः आर्थिक समस्या समेत झेल्न थालेपछि, केही वर्ष वैदेशिक रोजगारीलाई नै आफ्नो कर्मथलो बनाए । ‘बाध्यताले ०६४ साल तिर विदेश गए ।’ उनले भने, ‘काम गर्दा शरीर कम्पनीभित्र हुँदा मेरो मन भने नेपालमा हुन्थ्यो ।’ कम्पनीमा छोटो अवधीमा उनी राम्रै ओहोदामा पनि पुगे । तर उनको सपना त्यो थिएन । अन्ततः फर्किनुपर्छ भन्ने सोचेर उनी नेपाल फर्के ।

बैदेशिक रोजगारीबाट फर्किएपछि उनले झापामा बसोबास गर्ने पछाडि पारिएका सन्थाल जातको बारेमा अध्ययन गरे । निकै पछाडी परिरहेको सो समुदायको बारेमा चलचित्रको माध्यमबाट अगाडि ल्याउने अठोट गरे । त्यही अठोटले उनको सफलता चुलियो । त्यही विषय र भाषा चलचित्र ‘बोनोदल’मा उठाए । बोनोदल निर्माण गर्न खोज्दा उनलाई कँहीबाट साथ मिलेन । सबैले खिल्ली उडाए । कराए । प्रोत्साहन गर्ने भन्दा बढी हतोत्साहित गर्ने धेरै भेटे उनले । ‘जसले जे भने पनि म मा आत्मविश्वास थियो ।’ उनी भन्छन्, ‘गर्न नसकिने के नै पो छ र ।’ त्यही आत्मविश्वासका साथ सन्थाली भाषाको पहिलो चलचित्र ‘बोनोदल’ बनाए । सांसदलाई समेत अभिनय गराए ।

केही महिना अघि भारतको झारखण्डमा भएको फिल्म फेस्टिवलमा बोनोदलले दुई शिर्षकमा अवार्ड जित्यो । अवार्ड पाउँदै गर्दा उनले बाधाअवरोध, अनि साथीभाई आफन्तले गरेको गालि सम्झे । ‘गाली, अनि सबैले खिल्ली उडाएको क्षणलाई जित्यो अवार्डले ।’ उनले भने । ‘त्यही हौसलाले म हिन्दी चलचित्र ‘तुझसा जमि पे काहा’ बनाउँदैछु,’ उनले भने, ‘बलिउडबाट निर्माण गर्न सम्पूर्ण वैधानिक प्रक्रिया पुरा गरिसकेको छु । यो नेपालकै पहिलो हिन्दी फिल्म हुनेछ ।’

अवार्ड पाएको केही दिनपछि उनलाई हिन्दी चलचित्र निर्देशन सहितको मेल आयो । पछी उनले भारतका चलचित्रकर्मीसँग भेट गरेपछि हिन्दी चलचित्र बनाउन गाह्रै हुने बुझे । उनी त्यसबेला सम्म चलचित्रको ध्वनी मिश्रण÷सम्पादन बाहेकका सबै काम आफै गर्न सक्थे । निर्माण, निर्देशन, छायाँकन सबै काम आफै र आफ्नै प्रोडक्सन हाउसले गर्ने बताएसँगै उनीहरु कन्भिन्स भए । ‘पैसा भन्दा सीप नै ठुलो रहेछ’ उनी भन्छन् । केही समयको दौडधुपपछि उनले भारतको निर्माता र निर्देशन संघका सदस्यता लिए ।

खतिवडा ‘ए’ वर्गका हिन्दी चलचित्र बनाउन सक्ने दाबी गर्छन् । बलिउडबाट फिल्म ‘तुझसा जमि पे काहा’ निर्माण गर्दैछन् । अभिनय र निर्देशन पनि गर्नेछन् । ‘नेपालमा पहिलो हिन्दी फिल्म बनाउने निर्माता÷निर्देशकको नाम नेपाली ईतिहासमा राख्ने सोच छ ।’ उनी भन्छन् । नेपाल–भारतबीचको सकारात्मक सम्बन्धको विषयमा कथा रहेको उनले बताए ।

बलिउड चलचित्र बनाउँदा धेरै कुरा सिक्न पाइने उनको बुझाइ छ । नेपालीले बनाएको हिन्दी चलचित्रबाट आउने रकम नेपालमानै आउँने समेत उनले सोचिसकेका छन् । ‘सबैले साथ र हौसला दिनु भने यो क्षेत्रमा म छुट्टै पहिचान बनाउँछु ।’ उनी भन्छन्, ‘अनि अन्य देशमा पनि नेपाली चलचित्रलाई जोड्छु, चिनाउँछु । मैले यौ क्षेत्रमा अझ धेरै गर्नु छ ।’