१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न मिल्दैन : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन् । शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको प्रतिनिधिसभा विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तर्क्रिया कार्यक्रममा उनले वकिलहरू कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनी जान नमिल्ने बताए ।

संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ । प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बनेको उनले दाबी गरे । 

संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाइ मत मागेको बताए । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरूको लगाव र स्नेह रहेको उनको भनाइ छ ।