१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पिसाब फेर्न जंगल पसेका पुरुषलाई बाघले लगेको आशंकामा खोजी सुरु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगन्ज सडकखण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरी जंगलतर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ । 

अमलेखगन्जबाट करिब १ किलोमीटर दक्षिणतर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले चारवटा हात्तीको प्रयोग गरी खोजी सुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादवले जानकारी दिए ।

सडकमा हिँडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केहीबेरमै ठूलो आवाजमा ती पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो। 

‘जंगलभित्रबाट ठूलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने।’ निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

केही समयअघि सोही सडकखण्डमा कारको ठक्करबाट बाघको मृत्यु भएको थियो।