१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २१ शनिबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

०८४ को चुनावको तयारीमा लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार १६:१६:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पर्सा-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउने निर्वाचनको लडाइँ लड्नुपर्ने बताए ।

‘प्रचण्ड’ले भने, ‘हामी निर्वाचनको लडाइँ अब लड्दै छौँ । त्यो निर्वाचनमा पार्टी प्रवेश गरेकाहरूको भूमिका निर्णायक हुन्छ । हामी युवाहरूमा नयाँ उत्साह र उमङ्ग भर्नेछौँ । आउने २०८४ को चुनावलाई हामीले नेपाली क्रान्तिको नयाँ चरणमा प्रवेश गराउने छौँ ।’

उनले विगतमा महिला, दलित, आदिवासी, उत्पीडितको निम्ति क्रान्तिको झन्डा उठाएको पनि स्मरण गरेका छन् ।