१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०७:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तद्वारा बिमा रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०७:०३:००

कर्णाली प्रदेशको जाजरकोटमा रजिस्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बिमा रकम प्रदान गरेको छ ।

संस्थाको बेलासपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा बिमा रकम मृतकको श्रीमान् नगेन्द्रदास पटनावरलाई हस्तान्तरण गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बिमा गर्दै आइरहेको जनाइएको छ । यस संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको दाबी गरेको छ ।

हाल १ सय २० शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लामा शाखा सेवा दिँदै आएको जनाएको छ ।