१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १९:३o:oo
Read Time : > 1 मिनेट
खेलकुद

रोनाल्डोले राखे सर्वाधिक गोल गर्ने विश्वकीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका टुरिन
Invalid date format १९:३o:oo

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्व फुलबलमा धेरै गोल गर्ने विश्वकीर्तिमान राखेका छन् । इटालियन सुपर कपमा बुधबार राति रोनाल्डोले नेपोलीविरुद्ध दुई गोल गरेसँगै उनी व्यक्तिगत धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

इटालियन सुपरकपमा रोनाल्डोकै दुई गोलका कारण युभेन्ट्सले नेपोलीलाई २–० ले हरायो । रोनाल्डोले कीर्तिमान रच्ने क्रममा अस्ट्रियाका जोसेफ विकान र ब्राजिलका पेलेलाई पछि पारेका हुन् । 

रोनाल्डोको नाममा अब सात सय ६० गोल भएको छ । यसअघि विकानले सर्वाधिक सात सय ५९ गोलको विश्वकीर्तिमान राखेका थिए । नेपोलीसँगको प्रतिस्पर्धाअघि रोनाल्डो सात सय ५८ गोलका साथ दोस्रो स्थानमा थिए । पेलेले आफ्नो करिअरमा सात सय ५७ गोल गरेका छन् । रोनाल्डोका प्रत्याशी अर्जेन्टिनी लियोनल मेसी सात सय ४२ गोलका साथ तेस्रो स्थानमा छन् । रोनाल्डोको रेकर्ड बराबरी वा तोड्न सक्ने खेलाडीमा मेसी मात्रै छन् । मेसीले रोनाल्डोको विश्वकीर्तमान गोलसंख्या बराबरी गर्न थप १८ गोल गर्नुपर्छ । ब्राजिलका विश्व च्याम्पियन खेलाडी रोमारियो सात सय ३४ गोलका साथ चौथो स्थानमा छन् ।

यता, रोनाल्डोको रेडर्कसँगै जोसेफ विकानका विषयमा एक तथ्य सार्वजनिक भएको छ । केही विश्लेषकले विकानले दोस्रो डिभिजनमा गरेको गोल डाटा नै समावेश नभएको बताएका छन् । सन् १९५२ मा विकानले दोस्रो डिभिजनमा खेल्दा गरेको कुनै पनि गोल उनको खातामा चढाइएको थिएन । यदि त्यो डाटा समावेश गर्ने हो भने विकानले करिअरमा आठ सय पाँच गोल गरेका थिए । 

सम्बन्धित निकायले मान्यता दिएको खेल र आधिकारिक डाटाअनुसार नै खेलाडीको गोल समावेश गरेको हो । रोनाल्डो अन्तर्राष्ट्रिय गोल संख्यामा पनि विश्वरेकर्डनजिक छन् । राष्ट्रिय टोली पोर्चुगलबाट उनले अहिलेसम्म एक सय दुई १०२ गोल गरेका छन् । सन् २००३ देखि पोर्चुगाली टोलीमा रहेका रोनाल्डोले अहिलेसम्म एक सय ६८ खेल खेलिसकेका छन् । इरानका अली डाएरले एक सय ४९ खेलमा एक सय नौ गोल गरेका छन् । फुटबल इतिहासमा सय गोल गर्ने रोनाल्डो दोस्रो खेलाडी हुन् । 

आगामी महिना ३६ वर्ष पुग्ने रोनाल्डोले क्लबस्तरीय फुटबल करिअरमा स्पोर्टिङ लिस्बोन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड तथा युभेन्ट्सबाट खेलेका छन् । गत ३ जनवरीमा रोनाल्डोले तीनपटक विश्वच्याम्पियन बनेका पेलेको कीर्तिमान बराबरी गर्ने क्रममा सात सय ५७ गोल गरेका थिए । त्यसवेला रोनाल्डोले सिरिए लिगअन्तर्गत उडिनेसविरुद्ध दुई गोल गरेका थिए । सन् २०१४ मा स्पेनिस ला लिगामा रियल म्याड्रिडबाट प्रतिस्पर्धा गर्दा रोनाल्डोले कुइनाबाट एक मात्र गोल गरेका थिए । रोनाल्डोले घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता तथा फाइनल खेलमा ४५ गोल गरेका छन् । समग्र करिअरमा यो पाँच प्रतिशत गोल संख्या हुन आउँछ । रोनाल्डोको खेलजीवनमा आमुल परिवर्तन आएको ३० वर्षका भएपछि हो । पछिल्लो पाँच वर्षको विश्लेषण गर्दा रोनाल्डो आफूआबद्ध क्लब तथा राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता ठहरिएका छन् । 

सर्वाधिक गोलकर्ता
खेलाडी                   गोल
क्रिस्टियानो रोनाल्डो    ७६०
जोसेफ विकान          ७५९
पेले                         ७५७
लियोनल मेसी           ७४२
रोमारियो                  ७३४
गर्ड मुलर                 ७२०
फेरेन्स पुस्कास         ७०६
इउसेविओ               ६१५
फेरेन्स डिएक           ५५८
अर्थुर फ्रेडेनेरिक       ५५४