मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ ८ बिहीबार
  • Friday, 28 August, 2026
नरजन तामाङ कर्णाली
२o७७ माघ ८ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनार्दन शर्माको दाबी– कर्णालीमा ओली पक्ष छैन 

Read Time : < 1 मिनेट
नरजन तामाङ, कर्णाली
नयाँ पत्रिका
२o७७ माघ ८ बिहीबार १७:३९:oo

नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले कर्णालीमा केपी ओलीको पक्ष नभएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित भेलालाई सम्बोधन गदै शर्माले यस्तो बताएका हुन् ।

देशको सबैभन्दा गरिब प्रदेशको रूपमा रहेकाले कर्णालीको समृद्धिका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नचाहेकाले कर्णालीमा ओली पक्ष नभएको शर्माको दाबी छ । ‘कर्णालीको डोल्पामा पुल छैन, हुम्लामा सडक छैन, ओलीले कर्णालीलाई अधिकार दिएनन्, बजेट दिन चाहेनन्, त्यही कारण कर्णालीमा ओलीका पक्षधर छैनन् ।’

देशमा अथाह सम्पत्ति भए पनि त्यसलाई बेवास्ता गरेर ओलीले विदेशी लगानी भित्र्याउन चाहेको उनले बताए । ओलीलाई श्रीपेच लगाएर राजा बनाउने पक्षमा नेपाली जनता नभएको शर्माको भनाइ छ ।

उनले भने, ‘युवाहरूलाई हातमा औजार दिएर स्वरोजगार बनाउनुको सट्टा उल्टै बिदेसिन बाध्य बनाउन चाहनुभयो,’ शर्माले भने, ‘ओलीले देश र जनताको पक्षमा काम गर्नै सकेनन् । सामन्ती शासनका विरुद्ध हामी सडकमा छौँ, हामी सदनमा छौँ, हामी अदालतमा छौँ ।’